Skip to main content

धनगढी न्यूज

Day: March 26, 2025

अवरुद्ध सुदूरपश्चिम प्रदेश सदन खुलाउने विषयमा छलफल, दलहरू सहमतिनजिक

अवरुद्ध सुदूरपश्चिम प्रदेश सदन खुलाउने विषयमा छलफल, दलहरू सहमतिनजिक

धनगढीः केही दिनदेखि अवरुद्ध सुदूरपश्चिम प्रदेश सदन खुलाउने विषयमा मङ्गलवार दलहरूबिच छलफल भएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र सभामुखको कार्यालयमा छुट्टैछुट्टै भएको छलफलमा दलहरू सहमतिनजिक पुगेका छन्। मुख्यमन्त्री कमलबहादुर शाहले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बोलाएको सर्वदलीय बैठकमा प्रदेश सदन खुलाउने विषयमा छलफल भएको हो। छलफलमा प्रदेश सदन चाँडै सुचारु गर्ने बारे दलहरू लगभग सहमत भएको प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक नरेशकुमार शाहीले जानकारी दिए। उनले प्रतिपक्षी दलले राखेको विषयमा मुख्यमन्त्री शाह सकारात्मक रहेकाले सदन चाँडै सुचारु हुने बताए। 'यति गते नै सदन खुल्ने भन्ने निर्णय त भएन', शाहीले भने, 'जहाँसम्म अब चाँडै नै सदन सञ्चालन हुन्छ।' प्रदेश सरकारले…
Read More