Skip to main content

धनगढी न्यूज

वित्त आयोग सदस्यबाट राजीनामा दिएका मिश्रले भने-सुधारको प्रयास गरें, केही सिप लागेन

Advertisement

४ साउन, काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका  सदस्य अमरराज मिश्रले आयोग सुधारका लागि गरेको प्रयास सफल नभएपछि राजीनामा दिएको बताएका छन् ।

उनले आयोगका कामकारबाहीमा प्रश्न उठाउँदै राजीनामा दिएका हुन् ।उनले अनलाइनखबरसँग भने, ‘हो मैले राजीनामा दिएको हुँ, आयोगको सुधारका लागि मैले निकैपटक आयोगमा आवाज उठाएँ, सक्दो प्रयास गरेँ । केही सिप नलागेपछि राजीनामा दिएको हुँ ।’

उनले १ साउन, २०८२ मै राष्ट्रपति कार्यालयमा राजीनामापत्र बुझाएको बताएका छन् । संवैधानिक पदाधिकारीहरुले राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएपछि पद रिक्त हुने व्यवस्था छ । तर राष्ट्रपति कार्यालयले आइतबार बिहान १० बजे यो समाचार लेखिरहँदासम्म राजीनामाको सूचना निकालेको छैन ।

मिश्रले आयोगमा भएको अनियमितता, मनोमानी, तथ्यांकमा गडबडी भएको विषय उठाउँदै आएका थिए ।

उनले सर्वोच्च अदालतमा सरकार र जुद्धबहादुर गुरुङ्ग, विपिनराज निरौला, तत्कालीन सचिव कृष्णबहादुर राउतलाई विपक्षी बनाएर मुद्दा समेत दायर गरेका छन् । अध्यक्ष पौडेल भने अवकासमा गइसकेका छन् ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...