20
Jul
काठमाडौंमा अवैध रूपमा किशोरीको डिम्ब बिक्रीमा संलग्न होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिक सञ्चालक तथा कर्मचारीमाथि बालबालिका ऐन २०७५ अनुसार मुद्दा दर्ता गरिएको छ । ४ साउन, काठमाडौं । किशोरीलाई आर्थिक प्रलोभनमा पारेर अवैध डिम्ब बेचबिखन गर्दै आएका होप फर्टिलिटी एन्ड डाइग्नोस्टिक क्लिनिक सञ्चालकसहित कर्मचारीलाई बालबालिका ऐन २०७५ को कसुर अनुसार मुद्दा दर्ता गरिएको छ । प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का अनुसार ५ जनालाई बालबालिका ऐन २०७५ को दफा ६६ बमोजिम मुद्दा दर्ता गरिएको हो । सीआईबीका प्रवक्ता युवराज खड्का अनुसार डा. स्वस्ति शर्मा, असिम अधिकारी, मलिनी चौधरी, अलिसा ओली र जस्टिना प्रधानलाई मुद्दा चलाइएको छ । १८ वर्ष नपुगेका किशोरीलाई…






