Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिममा छाउपडी प्रथाजन्य कुरीति विरुद्ध अभियान सञ्चालन गर्ने निर्णय

Advertisement

धनगढीः सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाजन्य कुरीति तथा जातीय विभेदविरुद्धको आवश्यकतानुसार जनचेतनामूलक कार्यक्रम तथा अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा आज बसेको छाउपडी प्रथाजन्य कुरीति उन्मूलन प्रदेश सुपरिवेक्षण तथा निर्देशन समितिको बैठकले यस्तो निर्णय गरेको हो। मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको समितिको बैठकले सामाजिक कुरीतिविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले बताए।

छाउपडी गोठमा बसेको अवस्थामा गत साता सर्पले डसेर कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ की २८ वर्षीया कमला आउजी दमाईको ज्यान गएको थियो। सो घटना समेतको गाम्भीर्यतालाई मध्यनजर गर्दै बसेको समितिको बैठकले छाउगोठ प्रथा उन्मूलन र समाजमा देखिएका सामाजिक विभेद एवम् छुवाछुतयुक्त व्यवहारको नियमन कार्यलाई थप प्रभावकारी ढङ्गले अगाडि बढाउन स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ। दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...