30
Jul
युक्रेनसँग युद्ध लडिरहेको रूसबाट ठूलो परिमाणमा तेल र हतियार किनेकोमा पनि आलोचना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सामानमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्। यो भन्सार दर शुक्रबारदेखि लागू हुनेछ। राष्ट्रपति ट्रम्पले भारतसँग अमेरिकाको ठूलो व्यापार घाटा रहेको र अमेरिकी सामानको आयातमा भारतले अनावश्यक बाधा पुर्याएको आरोप लगाउँदै आएका छन्। भारतले उच्च भन्सार लगाएका कारण भारतीय बजारमा अमेरिकी कम्पनीहरूले धेरै निर्यात गर्न नसकेको उनको आरोप छ। रूस–युक्रेन युद्ध चलिरहेका बेला भारतले रूसबाट ठूलो परिमाणमा ऊर्जा र सैन्य सामग्री खरिद गरेकामा पनि उनले भारतको आलोचना गरेका छन्। भारतमाथि घोषणा गरिएको २५ प्रतिशत भन्सार एसियाली मुलुकहरू इन्डोनेसिया, फिलिपिन्स र…






