Skip to main content

धनगढी न्यूज

एक महिनामै उप्केको पूर्वपश्चिम राजमार्ग टालटुल गरिदै

Advertisement

एक महिनामै उप्केको पूर्वपश्चिम राजमार्ग टालटुल गर्न लागिएको छएक महिनामै उप्केको पूर्वपश्चिम राजमार्ग टालटुल गरिदै

अत्तरिया । एक महिनामै उप्केको पूर्वपश्चिम राजमार्ग टालटुल गर्न लागिएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा गत असारमा गरिएको सडकको कालोपत्रे एक महिना नपुग्दै विभिन्न ठाउँमा उप्किएको थियो ।

गोदावरी नगरपालिका वडा नम्बर- ६ स्थित लालपुर र ८ स्थित स्याउलेमा गत असारमा गरिएको कालोपत्रे उप्किएको थियोे । ती ठाउँहरुमा निर्माण कम्पनीले कालोपत्रे उप्किँदा दुई ठाउँमा गरी करिब ४ सय मिटर उक्त सडकमा खाल्डुखुल्डी बनेका छन् ।

उप्किएको भागमा निर्माण कम्पनीले फेरि टालटुल गरिरहेको हो । सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर चित्र चौलागाईले कालोपत्रे उप्किएको ठाउँमा निर्माण कम्पनीले मर्मत गरिरहेको बताए । खाल्डा टालेर माथिबाट ओभर ले गर्ने गरी काम भइरहेको उनले बताए ।

अत्तरियादेखि पहलमानपुरसम्म विभिन्न खण्डमा दुई हजार तीन सय मिटर कालोपत्रे गर्न मूल्य अभिवृद्धि करसहित २ करोड ८४ लाखमा असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी जोशी श्रीपुर जेभीले गत मङ्सिरमा ठेक्का पाएको थियो । धनगढी खबर बाट साभार

twitter sharing button
sharethis sharing button

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...