Skip to main content

धनगढी न्यूज

निजी विद्यालयको आन्दोलनमा इस्टुको पनि ऐक्यबद्धता

Advertisement

 

 

संघीय  संसदबाट पारित गर्न लगिएको विद्यालय शिक्षा सम्बन्धी विद्येयकमा भएका केही अव्यवहारिक र अन्यायपूर्ण प्रावधानहरु विरुद्धको संयुक्त आन्दोलनप्रति इस्टु सुदूर पश्चिम प्रदेश कमिटी तथा इस्टु जिल्ला कमिटीले पनि ऐक्यबद्धता जनाएको छ ।

देशभरका निजी तथा संस्थागत विद्यालयका संगठनहरुको एकतृत आन्दोलन भइरहेको बेला आफ्नो युनियनको तर्फबाट पनि समर्थन रहेको इस्टु सुदूर पश्चिम प्रदेश कमिटी संयोजक धर्मराज भट्टद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै , इस्टु कैलालीले पनि विज्ञप्ति प्रकाशित गर्दै सम्पूर्ण निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आन्दोलनमा सक्रिय सहभागिताको लागि अपिल गरेको छ । लामो प्रतिक्षापछि आउन लागेको विद्येयकले सबैलाई समेटेर लैजानुपर्ने , देशको शिक्षाको ठुलो हिस्सामा सहयोगी भूमिका खेलिरहेको निजी क्षेत्रका विचार पनि समावेश गरिनुपर्ने जिल्ला सचिव पुष्प ओझाले जनाएका छन् ।

संस्थागत विद्यालय शिक्षक युनियन , इस्टु , देशभर रहेका निजी तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको संगठन हो । शिक्षा सम्बन्धी विद्येयकमा भएका केही प्रावधान संशोधन गर्नुपर्ने भन्दै विभिन्न संस्थागत समितिहरुले देशव्यापी रुपमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...