Skip to main content

धनगढी न्यूज

Day: August 23, 2025

एचए पढ्ने अवसर नपाएका हेमराज शर्माको बेलायतको लिभरपुल युनिभर्सिटीको यात्रा

एचए पढ्ने अवसर नपाएका हेमराज शर्माको बेलायतको लिभरपुल युनिभर्सिटीको यात्रा

बाग्लुङका एसएलसी टपरदेखि त्रिचन्द्रको आइएस्सी र बिएस्सी टपर र स्नातकोत्तरका गोल्ड मेडलिष्टसम्म ग्लोबल नेपाली बागलुङका हेमराज शर्मा बेलायतको युनिभर्सिटी अफ लिभरपुलमा सिनियर लेक्चरर छन्। सन् २००७ देखि बेलायत गएका शर्मा सुरूआतीदेखि नै सोही युनिभर्सिटीमा आबद्ध छन्। बेलायत सरकारले राखेको क्याम्ब्रिज, अक्सफोर्ड सहितका रसलग्रुपका २५ युनिभर्सिटीको सूचीमा पर्ने लिभरपुल युनिभर्सिटीमा पढाउनुको अलवा उनी अनुसन्धानकर्ता समेत हुन्। बेलायतको प्रतिष्ठित युनिभर्सिटीमा भौतिक शास्त्रको सिनियर लेक्चररसम्म आइपुग्न भने उनले थुप्रै मोडहरू पार गरेका छन्। सानैदेखि पढाइमा तीक्ष्ण शर्माले २०४५ सालको एसएलसीमा ७३ प्रतिशत ल्याएर जिल्ला टपेका थिए। त्यसपछि उनी हेल्थ असिस्टेन्ट (एचए) पढ्न चाहन्थे तर देशभरिमा यसको लागि कोटा थोरै भएकाले उनको नाम निस्किएन। त्यसपछि उनको बाटो…
Read More

निजी विद्यालयको आन्दोलनमा इस्टुको पनि ऐक्यबद्धता

    संघीय  संसदबाट पारित गर्न लगिएको विद्यालय शिक्षा सम्बन्धी विद्येयकमा भएका केही अव्यवहारिक र अन्यायपूर्ण प्रावधानहरु विरुद्धको संयुक्त आन्दोलनप्रति इस्टु सुदूर पश्चिम प्रदेश कमिटी तथा इस्टु जिल्ला कमिटीले पनि ऐक्यबद्धता जनाएको छ । देशभरका निजी तथा संस्थागत विद्यालयका संगठनहरुको एकतृत आन्दोलन भइरहेको बेला आफ्नो युनियनको तर्फबाट पनि समर्थन रहेको इस्टु सुदूर पश्चिम प्रदेश कमिटी संयोजक धर्मराज भट्टद्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । त्यस्तै , इस्टु कैलालीले पनि विज्ञप्ति प्रकाशित गर्दै सम्पूर्ण निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई आन्दोलनमा सक्रिय सहभागिताको लागि अपिल गरेको छ । लामो प्रतिक्षापछि आउन लागेको विद्येयकले सबैलाई समेटेर लैजानुपर्ने , देशको शिक्षाको ठुलो हिस्सामा सहयोगी…
Read More
लगातार दोस्रो पटक उत्कृष्ट बन्यो तिलोत्तमा

लगातार दोस्रो पटक उत्कृष्ट बन्यो तिलोत्तमा

देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको सर्वसाधारण नागरिकले कसरी थाहा पाउने ? सैद्धान्तिक तर्क धेरै हुन सक्छन् तर नागरिकले बुझ्ने व्यावहारिक जवाफ हो– उनीहरूले महसुस हुने गरी गरिएको काम। कैयौं चुनौती र आलोचनाका बावजुद पनि यही काम स्थानीय सरकारहरूले गरिरहेका छन् र, उनीहरूले संघीयताको उज्यालो बनेर देशको शासन प्रणालीलाई नागरिकको घरदैलोसम्म पुर्‍याइरहेका छन्। यीमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा उत्कृष्ट नतिजा हासिल गरेका ६ वटा उत्कृष्ट स्थानीय तहहरू यस्ता नमूना पालिका हुन् जसको अभ्यास सबैका लागि उदाहरणीय र अनुकरणीय बन्न सक्छन्। उनीहरूले आफ्नो क्षमता अभिवृद्धि गर्दै सेवा प्रवाहलाई कसरी राम्रो बनाए र आफूलाई नागरिकको सेवामुखी संरचनामा बदले ? अनि, कसरी…
Read More
शिक्षा विधेयक विरुद्ध निजी विद्याथलय संगठन द्धारा स्कुल बस सहित विरोध प्रर्दशन

शिक्षा विधेयक विरुद्ध निजी विद्याथलय संगठन द्धारा स्कुल बस सहित विरोध प्रर्दशन

निजी विद्याथलय संगठन प्याब्सन,एनप्याब्सनले विद्यालय शिक्षा विधेयकमा समावेशी केही बुँदा संशोधनका लागि स्कुल बस सहित विरोध प्रर्दशन गरेका छन्। कञ्चनपुर।निजी विद्याथलय संगठन प्याब्सन, एनप्याब्सनले विद्यालय शिक्षा विधेयकमा समावेशी केही बुँदा संशोधनका लागि स्कुल बस सहित विरोध प्रर्दशन गरेका छन्। प्याब्सन, एन प्याब्सन, हिसान र एएफनले शुक्रबार सबै संगठन आवद्ध विद्यालयका सवारी साधन सहित प्रदर्शन गरेका छन्।भीमदत्त नगरपालिका ३ भाँसीबाट सुरु प्रदर्शन महेन्द्रनगर बजार क्षेत्र परिक्रमा गरिएको छ। भाँसीबाट ट्राफिक चोक हुँदै प्रशासन कार्यालय भएर महाकाली अस्पताल रोड हुदै बजार परिक्रमापछि भानु चोकामा पुगेर सकिएको छ।भानु चोकमा विद्यालयका सवारी साधन आ-आफ्नो विद्यालय फर्किएका छन। विद्यालय शिक्षा विधेयकमा समवोश क्रमशः गैर नाफा…
Read More
धर्म प्रचारका नाममा नेपालमा लाखौं लगानी गर्दै टर्की

धर्म प्रचारका नाममा नेपालमा लाखौं लगानी गर्दै टर्की

६ भदौ, काठमाडौं । ललितपुरको धोबिघाटमा रहेको एउटा होस्टलमा अनौठो गतिविधि भइरहेको भन्दै अध्यागमन विभागले करिब एक महिना अघि सूचना पायो । भर्खरका किशोरकिशोरीहरुको आउजाउ भइरहने, ठूल्ठूला धार्मिक पुस्तक बोकेर विदेशी हिँड्ने गरेको विवरण विभागका अधिकारीहरुसम्म पुगेको थियो । ‘विभिन्न प्रकारका भिसामा नेपाल आएका विदेशी त्यसअनुसारका गतिविधि गरिरहेका छन् कि छैनन् भन्ने निगरानी गर्ने जिम्मेवारी हाम्रै हो,’ अध्यागमन महानिर्देशक रामचन्द्र तिवारी भन्छन्, ‘त्यसैले सूचना प्राप्त हुनासाथ सुक्ष्म अनुगमनका लागि टोली खटाएका थियौं ।’ प्रारम्भिक जाँचमा प्राप्त सूचना अनुसार होस्टलमा किशोरकिशोरीलाई राखेर इस्लाम धर्म प्रचार भइरहेको देखिएपछि विभागका निर्देशक टिकाराम ढकाल नेतृत्वको टोली बुधबार शंकास्पद गतिविधि भएको भनिएको स्थानमा पुग्यो ।…
Read More
बादलको घुम्टो, भेडाको बथान र ढोरपाटन (तस्बिरहरू)

बादलको घुम्टो, भेडाको बथान र ढोरपाटन (तस्बिरहरू)

यतिबेला ढोरपाटन बादलको घुम्टोसँगै ढकमक्क फुलेका राता, पहेँला, बैजनी, गुलावी वनफूलले सजिएको छ। रंगीविरंगी फूल, हरियाली वातावरणले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण समेत गरेको छ । एक दशक अगाडिसम्म सुनसान प्राय रहने ढोरपाटन क्षेत्रमा पछिल्लो समय पर्यटकहरु त्यहाँ फुलेका रंगीविरंगी वनफूलसँगै बादलमा हराउन आइपुग्ने गर्दछन्। विशेषतः वर्षाको समयमा पाटनभरि फूलेका वनफूलले यहाँको सुन्दरतामा सुगन्ध थप्नुका साथै अझ रमणीय बनाउँछ।पछिल्लो समयमा सामाजिक सञ्जालबाट सो क्षेत्रको प्रचारप्रसारले आन्तरिक पर्यटकहरुको आगमन बढाएको छ।यस याममा मात्र दैनिक २ सय भन्दा बढी पर्यटक ढोरपाटन उपत्यकामा रमाउन, यहाँको सुन्दरतालाई नजिकबाट नियाल्न पुग्ने गर्दछन् ।राके फूलका रुपमा स्थानीय रुपमा चिनिने वनफूललाई ढोरपाटन सिकार आरक्षले नाकेफूली, बुकीफूल, मदानेफूल लगायतको…
Read More
बालबालिकालाई हरेक महिना पुष्य नक्षत्र परेको दिन स्वर्ण प्राशन खुवाइने

बालबालिकालाई हरेक महिना पुष्य नक्षत्र परेको दिन स्वर्ण प्राशन खुवाइने

धनगढी: धनगढीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा स्वर्ण प्राशन उत्पादन हुन थालेको छ। सुन, मह घ्यू तथा अन्य आयुर्वेदिक औषधीय लवण मिश्रित स्वर्ण प्राशन चिकित्सालयमा कार्यरत चिकित्सकले तयार गर्न थालेका हुन्। काश्यप संहितामा वर्णित विधिअनुसार स्वर्ण प्राशन तयार गरिन्छ। स्वर्ण प्राशन खुवाउँदा बालबालिकाको रोगसँग लड्ने क्षमता बढ्छ। बालबालिकाको र शारीरिक र मानसिक विकासका लागि स्वर्ण प्राशन खुवाउनुपर्ने चिकित्सालयका मेसु रामकामेश्वर ठाकुरले बताए। "काश्यप संहितामा उल्लेख विधि र प्रक्रियाअनुसार स्वर्ण प्राशन तयार गरेर निःशुल्क खुवाउन थालेका छौँ। हरेक महिना पुष्य नक्षत्र परेको दिन पाँच वर्षमुनिका बालबालिकालाई प्रादेशिक आयुर्वेद चिकित्सालयमा स्वर्ण प्राशन खुवाउने छौँ", मेसु डाक्टर ठाकुरले भने। विज्ञापन स्वर्ण प्राशन बहुउपयोगी औषधी हो…
Read More