Skip to main content

धनगढी न्यूज

बादलको घुम्टो, भेडाको बथान र ढोरपाटन (तस्बिरहरू)

Advertisement

यतिबेला ढोरपाटन बादलको घुम्टोसँगै ढकमक्क फुलेका राता, पहेँला, बैजनी, गुलावी वनफूलले सजिएको छ। रंगीविरंगी फूल, हरियाली वातावरणले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण समेत गरेको छ ।

एक दशक अगाडिसम्म सुनसान प्राय रहने ढोरपाटन क्षेत्रमा पछिल्लो समय पर्यटकहरु त्यहाँ फुलेका रंगीविरंगी वनफूलसँगै बादलमा हराउन आइपुग्ने गर्दछन्।

विशेषतः वर्षाको समयमा पाटनभरि फूलेका वनफूलले यहाँको सुन्दरतामा सुगन्ध थप्नुका साथै अझ रमणीय बनाउँछ।पछिल्लो समयमा सामाजिक सञ्जालबाट सो क्षेत्रको प्रचारप्रसारले आन्तरिक पर्यटकहरुको आगमन बढाएको छ।यस याममा मात्र दैनिक २ सय भन्दा बढी पर्यटक ढोरपाटन उपत्यकामा रमाउन, यहाँको सुन्दरतालाई नजिकबाट नियाल्न पुग्ने गर्दछन् ।राके फूलका रुपमा स्थानीय रुपमा चिनिने वनफूललाई ढोरपाटन सिकार आरक्षले नाकेफूली, बुकीफूल, मदानेफूल लगायतको नाम दिएको छ।

फूलसँग रमाउन आउने पर्यटकले ढोरपाटन उपत्यकाका फाँटहरुमा चहलपहल बढेको छ।देशका ठूला शहर, काठमाडौं, पोखरा, बुटवल लगायत विभिन्न स्थाहरूबाट पर्यटक रमाउन आउने गरेका छन् जसका कारण ढोरपाटन उपत्यकामा सञ्चालित होटल व्यवसाय फस्टाउन थालेका छन् ।

ढोरपाटन आउने पर्यटकहरु मध्ये केही मात्र बुकीपाटन र टिकाधारा उक्लने गर्दछन् ।

ढोरपाटन उपत्यकादेखि करिब ५ देखि ६ घण्टाको पैदलयात्रा पछि बुकीपाटन र तिकाधारा पुग्न सकिन्छ। जहाँ पाटनै भरी भेडा चरिरहेको सुन्दर दृश्य देख्न सकिन्छ।सेतो पाटी बाट साभार

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...