24
Aug
८ भदौ, काठमाडौं । अर्थतन्त्रमा देखिएको सुस्तताका कारण विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च भएको छ । समग्र बजार मागमा अपेक्षित सुधार हुन नसक्दा सुस्त भएको आयातका कारण विदेशी विनिमय सञ्चिति ऐेतिहासिक बनेको हो । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८२ असारसम्म आइपुग्दा ३१.२ प्रतिशतले वृद्धि भई २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ असार मसान्तमा २७.७ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र…






