Skip to main content

धनगढी न्यूज

Day: September 1, 2025

निजामती विधेयक प्रधानमन्त्रीको राय कुर्दै , मंगलबार नटुंगिए के होला ?

निजामती विधेयक प्रधानमन्त्रीको राय कुर्दै , मंगलबार नटुंगिए के होला ?

१६ भदौ, काठमाडौं। कर्मचारीको अनिवार्य अवकाशको उमेरहद लागू गर्ने प्रक्रियाका बीचमा सत्ता र प्रतिपक्षबीचको असमझदारीका कारणा संघीय निजामति विधेयक पारित गर्ने प्रक्रिया लम्बिएको छ। विधायन व्यवस्थापन समितिले सोमबार विधेयक पारित गर्ने योजना बनाएको थियो । तर संघीय मामिला तथा समान्य प्रशासनमन्त्री भगवती न्यौपानेले समय मागेपछि प्रक्रिया लम्बिएको हो । ‘विधेयकका सबैजसो विषय टुंगिएका छन् । अनिवार्य अवकाशको उमेरहद लागू गर्ने प्रक्रियाका विषयमा छलफल चलिरहेको छ’ विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले अनलाइनखबरसँग भनिन् । निजामती सेवा विधेयक ऐनमा रुपान्तरित भएको साल ५८ वर्षमा अनिवार्य अवकाश हुने, अर्को साल ५९ वर्ष र त्यसपछि ६० वर्ष लागू हुने प्रावधान छ । यही…
Read More
अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरु

अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरु

१७औं अन्तराष्ट्रिय गिद्ध दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरु भएका छन्।  काठमाण्डौ।१७औं अन्तराष्ट्रिय गिद्ध दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रम शुरु भएका छन्।हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिवार मनाउने अन्तराष्ट्रिय गिद्ध दिवसका अवसरमा आजदेखि सप्ताहव्यापी कार्यक्रम शुरु भएका हुन् । नेपाल पक्षी संरक्षण सङ्घ ९विसिएन० को अगुवाइमा २२ गतेसम्म जनचेतनामुलक कार्यक्रम गरिँदै छ। सुदुरपीश्चम प्रदेशभर गिद्ध गणना समेत गरिने नेपाल पक्षी संरक्षण सङ्घले जनाएको छ।गिद्धलाई ‘प्रकृतिको कुचीकार’ भनिन्छ।जनावरको सिनो खाने गिद्धले वातावरण सफा राख्नुका साथै हैजा, आउँ, झाडापखाला, रेबिज, प्लेग जस्ता महामारी फैलन नदिन महत्त्वपूर्ण भूमिका खेल्छ। चराविद् हिरुलाल डगौराले डगौराका अनुसार गिद्ध आफैंले शिकार नगरी सिनोमा निर्भर रहने भएकाले वातावरणलाई प्रदूषित हुनबाट…
Read More
दुई आयोगमा ५८ जना अस्थायी अधिकृतको दरबन्दी स्वीकृत

दुई आयोगमा ५८ जना अस्थायी अधिकृतको दरबन्दी स्वीकृत

काठमाडौँ । सरकारले शान्ति प्रक्रियासम्बन्धी काम गर्ने दुई आयोगमा जनशक्ति थप्ने भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन अयोगमा आर्थिक वर्ष २०८२/०८३ का लागि अधिकृत स्तरका ५८ जना अस्थायी दरबन्दी स्वीकृत गरेको हो । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा उक्त सङ्ख्याको दरबन्दी स्वीकृत गरेको हो ।  जनशक्ति अभावमा आयोगले तीव्र गतिमा काम गर्न नसकेको आयोग पदाधिकारीहरूले गुनासो गर्दै आएका थिए ।रातो पाटी बाट साभार
Read More
लुम्बिनी र गण्डकीको साझा विकास मोडेलमा समेटिएन कालीगण्डकी डाइभर्सन

लुम्बिनी र गण्डकीको साझा विकास मोडेलमा समेटिएन कालीगण्डकी डाइभर्सन

१६ भदौ, पोखरा । लुम्बिनी र गण्डकी प्रदेशको मुख्यमन्त्रीस्तरीय संयुक्त बैठक सोमबार बस्यो । बैठकमा दुवै प्रदेशको समग्र विकासका लागि साझा विषय पहिचान एवं कार्यान्वयन गर्ने विषयमा सहकार्य गर्ने सम्झौता भयो । गण्डकी प्रदेश सरकारको आयोजनामा सोमबार स्याङ्जाको गल्याङ नगरपालिका-१ मा बसेको दोस्रो संयुक्त बैठकले ९ बुँदे प्रतिबद्धता सार्वजनिक गर्‍यो । तर सबैभन्दा बढी चासो र चर्चामा रहेको ‘कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना’ बारे बैठकमा छलफलसमेत भएन ।  छलफल नै नभएपछि साझा प्रतिबद्धतामा यो विषय समेटिने कुरै भएन । त्यसपछि पत्रकारहरूले लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष कालीगण्डकी डाइभर्सनको विषय नसमेटिएकोबारे प्रश्न तेर्स्याए । आयोजनाबारे दुवै मुख्यमन्त्रीले…
Read More
नेपालभरि फक्रिएका रंगीबिरंगी च्याउ– कुनै खान हुने, कुनैले मताउने त कुनै औषधि बन्ने!

नेपालभरि फक्रिएका रंगीबिरंगी च्याउ– कुनै खान हुने, कुनैले मताउने त कुनै औषधि बन्ने!

कुनै प्रजातिका च्याउ वसन्त ऋतुमा फक्रिन्छन्। अधिकांश च्याउ भने बर्खा लागेपछि लटरम्मै हुन थाल्छन् र मधेसदेखि पहाडसम्मका वन, चरन तथा पाखा ढाकिदिन्छन्, रंगाइदिन्छन्। कतिपय प्रजाति त शरद र हिउँदमा पनि फुलिदिन्छन्। जब ती रंगीबिरंगी च्याउ फक्रिने क्रम सुरू हुन्छ, आफ्ना पुर्खामार्फत् ती च्याउ चिन्न सिकेका स्थानीयवासी वन पसिहाल्छन्। अनि भित्र्याउँछन् राता, सेता, पहेँला, खैरा, सुनौला लगायत अनेकानेक रङका थरीथरी आकार–प्रकारका च्याउ। वसन्त र बर्खा याममा त्यस्ता च्याउ नेपालैभरि फक्रिएको देख्न सकिन्छ। धेरै पर जानै पर्दैन, काठमाडौं उपत्यका वरिपरिका सबै वनपाखामा स्थानीयवासीहरू आफूले चिनेजानेको खानयोग्य च्याउ टिप्न व्यस्त देख्न सकिन्छ। फोर्त्से सोलुखुम्बूमा फक्रिएको ठूलो खानयोग्य च्याउ बोकेर प्रसन्न पुष्पा गुरूङ। तस्बिर सौजन्य: शिव देवकोटा…
Read More
के नेपालले चीनको ‘सुरक्षा रणनीति’ मा समर्थन गरेको हो ?

के नेपालले चीनको ‘सुरक्षा रणनीति’ मा समर्थन गरेको हो ?

  १५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकमा भारतसँग भएको सहमतिबारे चिनियाँ राष्ट्रपति सी चिनफिङसँग आपत्ति जनाएको विषयलाई लिएर यतिबेर उनको प्रशंसा भइरहेको छ । परराष्ट्रसचिव अमृतबहादुर राईले ‘ओलीले सुगौली सन्धि उदृत गर्दै नेपाली भूभाग प्रयोग गर्ने गरी भएको सम्झौता पालना नगरोस्’ भनेको उल्लेख गरेका छन् । तर, चिनियाँ विदेश मन्त्रालयले राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको भेटबारे सार्वजनिक गरेको विवरणमा त्यो विषय उल्लेख छैन । बरु नेपालले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) लाई समर्थन गरेको त्यसमा उल्लेख भएपछि यसमा चाहिँ प्रश्न उठ्न थालेको छ । चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘नेपाल चीनद्वारा प्रस्तावित ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई),…
Read More
अत्तरियामा डीडीसी तालाबन्दी : किसानको भुक्तानी रोकिँदा सहकारीको दबाब

अत्तरियामा डीडीसी तालाबन्दी : किसानको भुक्तानी रोकिँदा सहकारीको दबाब

तीन महिनादेखि दुग्ध विकास संस्थान (डीडीसी) अत्तरियामा तालाबन्दी हुँदा किसानको दूधको भुक्तानी रोकिएपछि सहकारी र कृषि फर्महरूले प्रमुख जिल्ला अधिकारी (सिडिओ) समक्ष सहजीकरणका लागि ज्ञापनपत्र बुझाएका छन् ।  अत्तरिया । तीन महिनादेखि दुग्ध विकास संस्थान (डीडीसी) अत्तरियामा तालाबन्दी हुँदा किसानको दूधको भुक्तानी रोकिएपछि सहकारी र कृषि फर्महरूले प्रमुख जिल्ला अधिकारी (सिडिओ) समक्ष सहजीकरणका लागि ज्ञापनपत्र बुझाएका छन् । बिज्ञापन आइतबार किसानबाट दूध सङ्कलन गर्दै आएका सहकारीहरूले सिडिओ कृष्ण प्रसाद लम्साललाई ज्ञापनपत्र बुझाउँदै २०८१ माघयता रोकिएको भुक्तानी तत्काल उपलब्ध गराइदिन माग गरेका थिए । किसानलाई भुक्तानी गर्न नसक्दा आन्दोलनको स्थिति उत्पन्न भएको भन्दै उनीहरूले तत्काल पहल गर्न आग्रह गरेका हुन् । ज्ञापनपछि…
Read More
कञ्चनपुरको भीमदत्तमा बिओपी स्थापनाको पाँच वर्षपछि पूर्वाधार

कञ्चनपुरको भीमदत्तमा बिओपी स्थापनाको पाँच वर्षपछि पूर्वाधार

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित सशस्त्र प्रहरी बल नेपालको जिमुवा बोर्डर आउट पोष्ट (बिओपी) स्थापनाको पाँच वर्षपछि पूर्वाधार निर्माण गरिएको छ। सीमा निगरानीका लागि विसं २०७७ असोजमा स्थापना भएको उक्त बिओपीमा आवास, अतिथि गृहसहितका पूर्वाधार निर्माण गरिएको हो। सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षको योजनाअन्तर्गत निर्माण गरेको अतिथि गृह भवनको आइतवार उद्घाटन गरिएको छ। विज्ञापन प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले अतिथि गृह भवनको उद्घाटन गरे। अतिथि गृह भवनको उद्घाटन गदैँ मन्त्री सार्कीले मन्त्रालयले बिओपीमा पूर्वाधार सुधार गर्ने योजनाअन्तर्गत भवन निर्माण गरिएको बताए। उनले बिओपीमा पूर्वाधार नहँुदा सीमा सुरक्षार्थ खटिएका प्रहरीले आफैँ सुरक्षित हुने अवस्था नरहेकाले प्रदेश सरकारले प्राथमिकताका…
Read More