Skip to main content

धनगढी न्यूज

एसपीए क्याम्पसको क्याम्पस प्रमुखमा बुधराम चौधरी नियुक्त

Advertisement

धनगढी स्थित एसपिए कलेजको क्याम्पस प्रमुखमा सोही क्याम्पसमा सह प्राध्यापकको रुपमा कार्यरत बुधराम चौधरी नियुक्त भएका छन् । केही समयदेखी रिक्त रहेको क्याम्पस प्रमुख पदमा आज क्याम्पसको सभाहलमा आयोजित विशेष कार्यक्रममा उक्त नियुक्ति गरिएको हो ।

नव नियुक्त क्याम्पस प्रमुख चौधरीलाई बधाई तथा शुभकामना दिँदै क्याम्पसका प्रबन्ध निर्देशक सुवास शाहीले लामो समय देखि क्याम्पसमा अध्यापनरत बुधराम सरलाई क्याम्पस प्रमुखको रुपमा नियुक्त गरिनु सही समयमा सही मानिसको छनौट रहेको बताउदैँ अब क्याम्पसले नयाँ शैक्षिक उचाइ लिने विश्वास व्यक्त गरे ।


उक्त अवसरमा बोल्दै क्याम्पस प्रमुख चौधरीले आफूले क्याम्पसको स्थापनादेखी नै कार्यरत संस्थामा आज प्रमुखको जिम्मेवारी दिइएकोमा क्याम्पस व्यवस्थापनलाई हार्दिक धन्यवाद दिँदै आफूले टिमवर्कमा विश्वास गर्ने र आफ्नो बुद्धि विवेकले भ्याएसम्म प्रतिबद्ध भएर क्याम्पसको शैक्षिक तथा समग्र उन्नयनमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...