Skip to main content

धनगढी न्यूज

Day: September 2, 2025

बैतडीका स्थानीय तहमा औषधी खरिदमा अनियमितता, स्वास्थ्य सेवामा थप संकट

बैतडीका स्थानीय तहमा औषधी खरिदमा अनियमितता, स्वास्थ्य सेवामा थप संकट

जिल्लाका स्थानीय तहहरूले औषधी खरिदमा कानुनी प्रावधान तोडमोड गर्दै अनियमितता गरेका छन् भन्ने तथ्य महालेखा परीक्षकको प्रतिवेदनमार्फत बाहिरिएको छ बैतडी । जिल्लाका स्थानीय तहहरूले औषधी खरिदमा कानुनी प्रावधान तोडमोड गर्दै अनियमितता गरेका छन् भन्ने तथ्य महालेखा परीक्षकको प्रतिवेदनमार्फत बाहिरिएको छ। प्रतिवेदन अनुसार जिल्लाका १० वटा स्थानीय तहहरूले सार्वजनिक खरिद ऐन मिचेर खुलेआम प्रतिस्पर्धा नगरी सोझै आपूर्तिकर्तासँग करोडौंको औषधी खरिद गरेका छन्। कतिपयले बजेट टुक्रा पारेर पटक-पटक औषधी किनेका छन् भने कतिपयले म्याद नहेरी वा उत्पादन मिति र ब्याच नम्बर नखुलेका औषधी खरिद गरेका छन्। डिलासैनी गाउँपालिकाले मात्रै गत वर्ष १८ लाखभन्दा बढीको औषधी सोझै खरिद गरेको छ। दोगडाकेदारले सात आपूर्तिकर्ताबाट १९…
Read More
महाकाली नदीमा पानीको बहाव घट्दोः बाढी विस्थापित अझै घर फर्कन सकेनन्

महाकाली नदीमा पानीको बहाव घट्दोः बाढी विस्थापित अझै घर फर्कन सकेनन्

कञ्चनपुरः डुबानमा परेका दोधरा चाँदनी नगरपालिकाका तीन वडाका विस्थापित बासिन्दा अझै घर फिर्ता हुनसकेका छैनन्।दुई दिनअघिदेखिको अविरल वर्षाका कारण जोगबुढा नदीमा आएको बाढीका कारण ती परिवार विस्थापित भएका थिए। बस्ती अझै डुबानमै रहेकाले विस्थापित परिवार घर फिर्ता हुन नसकेका हुन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार नदीको बाढी बस्ती पस्दा ५४ घर डुबानमा परेका छन्। डुबानमा परेका दुई सय १८ जनालाई सुरक्षित स्थानमा सारिएको छ। विस्थापनमा परेका परिवार नजिकको विद्यालयमा बस्दै आएका छन्। नदीको बहाव घट्दो रूपमा रहेकाले अवस्था यही रहे साँझसम्म विस्थापनमा परेका परिवार फर्कन सक्ने अवस्था रहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए। डुबानमा परेर विस्थापनमा परेका…
Read More
एसपीए क्याम्पसको क्याम्पस प्रमुखमा बुधराम चौधरी नियुक्त

एसपीए क्याम्पसको क्याम्पस प्रमुखमा बुधराम चौधरी नियुक्त

धनगढी स्थित एसपिए कलेजको क्याम्पस प्रमुखमा सोही क्याम्पसमा सह प्राध्यापकको रुपमा कार्यरत बुधराम चौधरी नियुक्त भएका छन् । केही समयदेखी रिक्त रहेको क्याम्पस प्रमुख पदमा आज क्याम्पसको सभाहलमा आयोजित विशेष कार्यक्रममा उक्त नियुक्ति गरिएको हो । नव नियुक्त क्याम्पस प्रमुख चौधरीलाई बधाई तथा शुभकामना दिँदै क्याम्पसका प्रबन्ध निर्देशक सुवास शाहीले लामो समय देखि क्याम्पसमा अध्यापनरत बुधराम सरलाई क्याम्पस प्रमुखको रुपमा नियुक्त गरिनु सही समयमा सही मानिसको छनौट रहेको बताउदैँ अब क्याम्पसले नयाँ शैक्षिक उचाइ लिने विश्वास व्यक्त गरे । उक्त अवसरमा बोल्दै क्याम्पस प्रमुख चौधरीले आफूले क्याम्पसको स्थापनादेखी नै कार्यरत संस्थामा आज प्रमुखको जिम्मेवारी दिइएकोमा क्याम्पस व्यवस्थापनलाई हार्दिक धन्यवाद दिँदै…
Read More