Skip to main content

धनगढी न्यूज

कैलालीमा १०८ कार्यालय र ६ सय सवारी साधन जलाइयो

Advertisement

धनगढी:  गत मङ्गलवार भएको जेन्जी आन्दोलनका क्रममा कैलालीमा सरकारी संरचनाहरु ध्वस्त पारिएका छन् । प्रदेशको राजधानी समेत रहेको धनगढीमा रहेका प्रदेश सरकार मातहतका सम्पूर्ण कार्यालय ध्वस्त पारिएको छ। प्रदर्शनको क्रममा नेपाल टेलिकम, विद्युत प्राविधिकरण, स्वास्थ्य कार्यालय, सेती प्रादेशिक अस्पताल, धनगढी उपमहानगरपालिका, पशु र कृषि कार्याल तथा नेपाल प्रहरीको बाहेक सबैजसो कार्यालयमा प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका थिए ।

माथी उल्लेख गरिएका बाहेकका प्रायजसो सबै सरकारी कार्यालयका भवनमा तोडफोड र आगजनी गरिएको छ भने सरकारी कार्यालयका सवारी साधनसमेत जलाइएका छन् । धनगढी मात्र नभएर अत्तरिया, घोडाघोडी, लम्कीचुहा, टीकापुर लगायतका ठाउँमा रहेका स्थानीय, प्रदेश र संघीय सरकार मातहतका सरकारी संरचनामा समेत तोडफोड र आगजनी गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

 

जिल्ला प्रशासन कार्यालयले गरेको प्रारम्भिक अध्ययनअनुसार जिल्लाभर एक सय आठ सरकारी कार्यालय भवनमा आगजनी, तोडफोड र लुटपाट गरिएको छ भने दुई र चार पाङ्ग्रे गरेर छ सयभन्दा बढी  सवारीसाधन समेत जलाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले प्रारम्भिक विवरणअनुसार १०८ सरकारी कार्यालय भवन, एक सयभन्दा बढी  चार पाङ्ग्रे गाडी र पाँच सयभन्दा बढी मोटरसाइकल आगजनीले नष्ट भएको प्रारम्भिक विवरण प्राप्त भएको बताए । कार्यालयहरुले उपलब्ध गराएको प्रारम्भिक विवरण हेर्दा जेन्जी आन्दोलन भएको दिन जिल्ला भए स्थानीय तहमा समेत भौतिक क्षति भएको बताए। उनले विस्तृत विवरणमा क्षतिको  पूर्ण विवरण थाहा हुने बताए।

उनले आन्दोलनको क्रममा सबै पार्टी कार्यालय र नेताहरूका निजी घर समेत जलाइएको विवरण प्राप्त भएको बताए। क्षतिको विवरण संकलन गर्ने काम अहिले पनि भइरहेको छ । प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा समेत आगजनी गरेपछि सेवा प्रवाह ठप्प भएको छ । शनिबार सरसफाइ गरेको प्रशासनले आइतबारदेखि खुला स्थानबाट भएपनि अत्यावश्यक सेवा प्रदान गर्ने तयारी गरेको छ ।

आगजनीपछि कैलाली जिल्ला अदालत, मालपोत, नापी कार्यालय र प्रदेश सरकार अन्तरगतका प्राय सबै निकायको कामकाज रोकिएका छन्। अहिले क्षतिको विवरण लिने र कार्यालयमा सरसफाइ गर्ने काम चलिरहेको छ।दिनेश खबर बाट साभर

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...