14
Sep
काठमाडौँ । गत साता नेपालमा जेनजी पुस्ताले गरेको आन्दोलनले केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो । सन् १९९७ देखि २०१२ सम्म जन्मेका मानिसलाई ‘जेनेरेसन जुमर्स’ ‘जेन जी’ भनिन्छ । इन्टरनेटको प्रभाव उल्लेखनीय रूपमा बढिरहेको समयमा यो पुस्ता जन्मियो । हुर्किंदै गर्दा यो पुस्ता सामाजिक सञ्जालमा निकै सक्रिय भए । तर जब सरकारले सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रतिबन्ध लगाइदियो, युवाहरूले विरोध गर्न थाले । तर पछि यो विरोध प्रदर्शन हिंसात्मक भयो । यस आन्दोलनका क्रममा धेरै मानिसको मृत्यु भयो । सरकारी भवनहरूमा आगो लगाइयो । केही नेताको घर पनि जले । प्रधानमन्त्री केपी ओलीले राजीनामा नै दिनुपर्यो । यस्तो अवस्थामा धेरै प्रश्नहरू…






