Skip to main content

धनगढी न्यूज

सिंहदरबारभित्र र आसपासका कार्यालयमा मात्रै जलाइए १०४२ सवारी साधन

Advertisement

गत भदौ २४ गते प्रदर्शनका क्रममा सिंहदरबार र आसपासका सरकारी कार्यालयमा गरी ४४१ वटा साना ठूला सवारी साधनमा आगजनी तथा तोडफोड भएको पाइएको छ।

त्यस्तै ६०१ वटा मोटरसाइकल तथा स्कुटरमा आगजनी र तोडफोड भएको प्रारम्भिक तथ्यांक सरकारी कार्यालय र गोरखापत्रले गरेको अवलोकनबाट देखिएको छ।

सरकारी कार्यालयहरूको प्रारम्भिक तथ्यांकानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ४७ साना–ठूला सवारी र ७४ वटा दुई पांग्रे सवारी साधनमा आगजनी भएको छ।

अर्थमन्त्रालयको ३६ वटा चार चक्के र ५४ वटा दुई चक्केमा आगजनी भएको छ। गृहमन्त्रालयको २५ वटा चार चक्के र ३० वटा दुई चक्केमा क्षति पुगेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ९ साना–ठूला सवारी साधन र ३९ वटा मोटरसाइकल तथा स्कुटरमा क्षति पुगेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ३२ साना गाडी, दुई ठूला बस, ३९ मोटरसाइकल एवम् स्कुटरमा आगजनी भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २६ वटा चार चक्के र ४७ मोटरसाइकल तथा स्कुटरमा क्षति पुगेको छ। युवा तथा खेलकुद मन्त्रालयका १९ चार चक्के र २३ वटा दुई चक्केमा आगजनी भएको सरकारी कार्यालयहरूले प्रारम्भिक आकलन गरेका छन्।

संघीय संसद् अन्तर्गत १८ वटा चार चक्के, ३६ वटा मोटरसाइकल तथा स्कुटरमा क्षति पुगेको छ।

वन तथा वातावरण मन्त्रालयका १७ साना–ठूला सवारी साधन,  १० वटा मोटरसाइकल तथा स्कुटरमा आगजनी भएको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका ९ वटा दुई चक्केमा क्षति पुगेको छ।

बग्गीखानामा रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका १८ वटा साना–ठूला सवारी ३९ वटा मोटरसाइकलमा आगजनी भएको छ।

सर्वोच्च अदालतका ५१ वटा साना–ठूला सवारी र मोटरसाइकलको आगजनीको यकिन नै हुन सकेको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका २२ वटा सानाठूला सवारी र १४ वटा दुई पांग्रेमा आगजनी भएको छ।

सहरी विकास तथा भवन निर्माण विभागको ५० वटा साना–ठूला सवारी र २०० माथि मोटरसाइकल तथा स्कुटरमा आगजनी भएको छ।

सडक विभागका ६५ साना–ठूला सवारीमा आगजनी गरेर ध्वस्त बनाइएको छ। मोटरसाइकलको संख्या गन्नै नसक्ने अवस्थामा रहेको विभागले जनाएको छ। महान्यायाधिवक्ता कार्यालयको २ साना र १ वटा बस गरी तीन वटामा आगजनी भएको थियो।सेतो पाटी बाट साभार

jaleka-gadi-1757991537.png
 

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...