Skip to main content

धनगढी न्यूज

धनगढीमा चार करोड ५२ लाखका इम्बोस नम्बर प्लेट जले

Advertisement

धनगढी : विभागले यातायात कार्यालय, धगनढीका लागि १८ हजार एक सय बढी मोटरसाइकलका इम्बोस नम्बर प्लेटहरू पठाएको थियो। यातायात विभागको समूह भदौ २५ गते धनगढी आउने र इम्बोस नम्बर प्लेटको विषयमा प्रशिक्षण तथा छलफल गर्ने कार्यक्रम थियो।

सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको यातायात कार्यालय, धनगढीले असोज १ गतेबाट इम्बोस नम्बर प्लेटहरू वितरणको तयारी गरेको थियो। तर, भदौ २३ र २४ गतेको जेन–जी पुस्ताको आन्दोलनका क्रममा १८ हजार एक सय वटा मोटरसाइकलका इम्बोस नम्बर प्लेटहरू ध्वस्त भएका छन्। यातायात कार्यालय, धनगढीका प्रमुख भूवन जोशीले १८ हजार एक सय बढीको सङ्ख्यामा मोटरसाइकलका इम्बोस नम्बर प्लेटहरू जलेका बताए। उनले भने, ‘हामीसँग १८ हजार एक सय इम्बोस नम्बर प्लेट आएका थिए। असोज १ गतेबाट सेवन दिन योजना थियो। तर, आन्दोलनमा सबै जलेका छन्। सुरुमा नै आँखा लगाए।’

इम्बोस नम्बर प्लेटमा ठुलो आर्थिक चलखेल भएको आरोपका बिच विभागले बिक्री वितरण गर्न थालेको थियो। धनगढीका लागि समेत चार कराड ५२ लाख बढीका इम्बोस नम्बर प्लेटहरु पठाइएको हो। तर, जेन–जी पुस्ताको आन्दोलनका क्रममा सुरु मा नै इम्बोस नम्बर प्लेट रहेको गोदाममा आगो झोसिएको थियो। यातायात कार्यालय, धनगढीको प्राविधिक शाखाको एक गोदाममा रहेका इम्बोस नम्बर प्लेटहरु तीन दिनसम्म जलेर खरानी भएका छन्। आन्दोलनका कारण यातायात कार्यालय, धनगढीमा अन्य क्षतिसँगै चार करोड ५२ लाख बढीका इम्बोस नम्बर प्लेटहरु जलेका छन्। उनले भने, ‘एक प्लेटको २५ सय हुन्छ। साढे चार करोडको इम्बोसमा मात्र क्षति भएको छ। अन्य क्षति एक करोड ५० लाख बढी भएको छ।’

विदेशबाट आयात गरिएको इम्बोस नम्बर प्लेटहरु गद्दासहितको बाकसमा रहेका थिए। सोही कारणले पनि तीन दिनसम्म आगो बलेको हो। भ्रष्ट्राचार गरिएको भन्दै आन्दोलनकारीहरूले सुरुमा नै सोही गोदाममा आगो लगाएका हुन्। विभागले नै खरिद गरेको इम्बोस नम्बर प्लेटहरु यातायात कार्यालयहरुले वितरण गर्ने मात्र हो। तर, धनगढी आएका इम्बोस नम्बर प्लेटहरु जलेपछि यातायात कार्यालय समस्यामा परेको छ। बिहिवारबाट यातायात कार्यालयको अन्य सेवा सुरु भएपनि इम्बोस नम्बर प्लेट वितरण गर्न नसकिने अवस्था आएको छ। यातायात कार्यालय, धनगढीका प्रमुख जोशीले भने, ‘पूरै तीन दिनसम्म आगो थियो। बाहिर गत्था थियो। मैले प्रयाश गरेको थिए। तर, आगो निभाउन सकिएन।’

जेन–जी पुस्ताको आन्दोलनका क्रममा यातायात कार्यालय, धनगढीका फर्निचर र उपकरणहरू मात्र एक करोड ५० लाख बढीका जलेर नष्ट भएका छन् दिनेश खबर बाट साभार

 

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...