Skip to main content

धनगढी न्यूज

धनगढीमा सुपथ मूल्य पसलबाट चाडपर्वमा राहत

Advertisement

धनगढी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले चाडपर्व लक्षित सुपथ मूल्यको सहुलियत पसल धनगढीमा सञ्चालनमा ल्याएको छ ।

उपभोक्तालाई सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सो कार्यालयले सुपथ मूल्यको सहुलियत पसल सञ्चालनमा ल्याएको हो । सुपथ मूल्यको सहुलियत पसलबाट उपभोक्तालाई विभिन्न प्रकारको चामल र चिनीप्रति केजी पाँच रुपियाँ छुटमा बिक्री गर्ने कार्य भइरहेको प्रमुख दीपक थापाले बताए ।

उनका अनुसार प्रतिकेजी ६२ रुपियाँ पर्ने अरुवा मोटा चामल ५७ र प्रति केजी ८८ रुपियाँ पर्ने जिरा मसिनो चामल ८३ रुपियाँमा बिक्री भइरहेको छ । २५ केजीको अरुवा मोटा चामल प्रतिबोरा एक हजार ४२५ र जिरा मसिनो चामल प्रतिबोरा दुई हजार ७५ रुपियाँमा उपभोेक्ताले खरिद गर्न पाउने जनाइएको छ ।

यसैगरी, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकेजी १०० रुपियाँ पर्ने चिनी पाँच रुपियाँ छुट दिएर उपभोक्तालाई बिक्री गरिरहेको जनाइएको छ । थापाले कैलालीसहित सुदूरपश्चिम प्रदेशको २८ ठाउँमा चाडपर्व लक्षित सुपथ मूल्यको पसल सञ्चालन गरेको जानकारी दिए । धनगढी खाबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...