Skip to main content

धनगढी न्यूज

कैलालीमा अवरुद्ध सेवा पुनःसञ्चालन

Advertisement

धनगढी: जेनजी युवाको प्रदर्शनका क्रममा तोडफोड र आगजनीपछि अवरुद्ध बनेका कैलालीका विभिन्न सरकारी कार्यालयले आफ्नो सेवा प्रवाह पुनःसञ्चालन गरेका छन्।

जिल्ला प्रशासन कार्यालयका प्रवक्ता शिवराज जोशीले यहाँका सरकारी निकायमा भएको भौतिक क्षतिको यकीन विवरण तयार पार्न सहरी आवास तथा भवन कार्यालयमार्फत काम अघि बढाइएको जानकारी दिए। जिल्ला सदरमुकाम धनगढीमा रहेका यातायात, भन्सार, कोष तथा लेखा नियन्त्रकलगायत विभिन्न पालिका कार्यालयले आंशिक रूपमा सेवा सुरु गरिरहेका छन्। भूमिसुधार तथा मालपोत कार्यालयले भवनमा सरसफाइ, विद्युत् र इन्टरनेट जडान, जिन्सी समानको व्यवस्थापनलगायत काम गरिरहेकाले शीघ्र नियमित रूपमा सेवा दिन सुरु गरिने जनाएको छ।

कार्यालय प्रमुख एवं मालपोत अधिकृत प्रेमबहादुर दौल्यालले केही दिनभित्रै सेवा सुरु गर्नेगरी तयारी भइरहेको जानकारी दिए। सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय तथा मातहतका कार्यालय शीघ्र सेवा प्रवाह गर्न जुटेका छन्। मन्त्रालय तथा कार्यालयबाट प्रवाह हुने सेवा अवरुद्ध हुँदा जनताले झेल्दै आएका सास्तीलाई मध्यनजर गरी शीघ्र काम सुरु गर्न सरकारले पहल थालेको हो।

मुख्यमन्त्री कमलबहादुर शाहले आज क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गर्नुका साथै तत्काल कार्यालय सञ्चालन गरी जनतालाई सबनाउने विषयमा कर्मचारी र विकास साझेदारसँग छलफल गरे। आगजनीले क्षतिग्रस्त बनेको प्रदेशसभा सचिवालयले भने आंशिक रूपमा काम सुरु गरिसकेको छ। प्रदर्शनका क्रममा कैलालीका सरकारी र निजी गरी एक सय ३७ कार्यालय, भवन र घरमा आगजनी तथा तोडफोड हुँदा अधिकांश संरचना पूर्ण रूपमा क्षति भएका छन् भने छ सय ६४ सवारीसाधन जलेर नष्ट भएका थिए। दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...