Skip to main content

धनगढी न्यूज

धनगढीमा महिला उद्यमी मेला आजदेखि पुनः सुरू, सहभागी उद्यमी महिलाहरू उत्साहित

Advertisement

धनगढी: धनगढी उपमहानगरपालिकाले हरेक शनिवार लगाउने महिला उद्यमी मेला आजबाट पुनः सुरू भएको छ। गत वर्षबाट सुरू भएको र गर्मी र बर्सादका कारण रोकिएको मेला फेरि सुरु भएको हो।धनगढी-१ जेन्जी मार्गमा आजबाट हरेक शनिवारको दिन दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म शनिवारिय महिला उद्यमी मेला लाग्नेछ। मेलाको प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले उद्घाटन गरेका हुन्।

उद्घाटन पश्चात् बोल्दै मन्त्री थापाले महिला उद्यमी मेलाले महिलाहरूलाई आर्थिक कारोबारमा जोड्ने बताए। उनले उपमहानगरपालिकाको मेला लगाउने कदमको प्रशंसा गर्दै मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताए।
धनगढीका महिलाहरूलाई अर्गानिक कृषि उत्पादन गर्न आवश्यक सहयोग गर्न कृषि मन्त्रालय तयार रहेको मन्त्री थापाले बताए। तरकारी उत्पादनबाट आयआर्जन गर्न सक्ने सम्भावना रहेकाले सोका लागि प्रदेश सरकार स्थानीय तहसँग मिलेर काम गर्न तयार रहेको मन्त्री थापाले बताए।

मेलामा सहभागी उद्यमी महिला खुशी
मौसमका कारण रोकिएको मेला पुनः सञ्चालन हुँदा मेलामा स्टल राखेका महिला उद्यमी खुशी भएका छन्। उनीहरूले शनिवारिय मेलामा विभिन्न परिकार बिक्री गरेर आयआर्जन गर्न सकिने भन्दै खुशी व्यक्त गरेका हुन्।

मेलामा १० किसिमको अचार राखेकी पुनाकुमारी तामाङ चन्द, धनगढी-१३ बाट आएकी हुन्। उनले उपमहानगरपालिकाले मेला लगाउनु राम्रो भएको र यसले  हप्तामा एक दिन भएपनि बजारमा अचार बिक्री गर्न सहज हुने बताइन्। मेलाले बजारीकरणमा समेत आफूहरूलाई सहयोग गर्ने पुनाकुमारीको विश्वास छ।

यस्तै, धनगढी -२ सन्तोषीटोलबाट आएको बताउने सुनिता रावतले अर्गानिक चटपटेको स्टल राखेकी थिइन्।उनले मेलामा स्टल राख्न पाउँदा निकै खुशी भएको बताइन्। उपमहानगरले महिला उद्यमीहरूका लागि मेला लगाउनु र व्यवसाय गर्न हौसला बढाउनु सबैका लागि  सकारात्मक कदम भएको सुनिताको भनाइ छ।

धनगढी-५ तारानगरकी कविता पन्तले भने मेलामा सुत्केरी मसला, प्रोटिन लड्डु, बच्चाको लिटो, मासुको अचार बिक्रीका लागि राखेको बताइन्। उनले उपमहानगरले मेला लगाउनाले महिलाहरूलाई आर्थिक रुपमा सहयोग पुग्ने बताइन्। मेला पुनः सुचारु भएकोमा निकै खुशी लागेको पन्तको टिप्पणी छ।

धनगढी उपमहानगरपालिकाले महिलाहरूलाई नि:शुल्क स्टल उपलब्ध गराउने गरेको छ। हातमा सिप भएका महिलाहरू आयआर्जन गर्न प्रेरित होउन् भनेर मेला आयोजना गरिएको उपमहानगरले जनाएको छ। ६६ वटा स्टलमा उद्यमी महिलाहरूले स्थानीय खानाका परिकार बिक्री गरेको रोजगार संयोजक चन्द्र महराले बताए। दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...