Skip to main content

धनगढी न्यूज

Day: November 1, 2025

कार्यवाहक सभापतिज्यू– देउवा वा ‘६ भाइ’ होइन, समयको चाल सुन्नुहोस्

कार्यवाहक सभापतिज्यू– देउवा वा ‘६ भाइ’ होइन, समयको चाल सुन्नुहोस्

कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काज्यू, चुरो कुराबाट सुरू गरौं — मंसिर वा पुसमा कांग्रेसको नियमित महाधिवेशन गर्न सम्भव छ भन्ने तपाईंलाई थाहा छ। यो कुरा तपाईंलाई मात्र थाहा छैन, देशभरिका कांग्रेस नेता तथा कार्यकर्तालाई थाहा छ। अनि थोरै मात्र पनि राजनीतिक 'सेन्स' भएका र राजनीति गर्ने वा नगर्ने हामी सबै नेपालीलाई थाहा छ। त्यसो भए, कांग्रेसको केन्द्रीय समितिमा यति धेरै दिनदेखि चुनावअघि महाधिवेशन गर्न सकिँदैन भन्ने माथापच्ची र प्रहसन किन चलिरहेको छ? त्यसको अध्यक्षता तपाईंले किन गरिरहनुभएको छ? कांग्रेसमा इमान र दृढतासाथ लामो समयदेखि उभिएका थोरै नेतामा तपाईं पनि पर्नुहुन्छ। त्यो राजनीतिक पुँजी किन अहिले ध्वस्त पार्न चाहनुहुन्छ? दलभित्र र…
Read More
प्रधानमन्त्रीले बोलाइन् सातै प्रदेशका मुख्यमन्त्रीको बैठक

प्रधानमन्त्रीले बोलाइन् सातै प्रदेशका मुख्यमन्त्रीको बैठक

१५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक आह्वान गरेकी छिन् । बैठक आइतबार (भोलि) दिउँसो ४ बजे बालुवाटारमा बस्नेछ । बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहने उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरेका छन् ।अन्लाईन खबर बाट साभार
Read More
धनगढीमा महिला उद्यमी मेला आजदेखि पुनः सुरू, सहभागी उद्यमी महिलाहरू उत्साहित

धनगढीमा महिला उद्यमी मेला आजदेखि पुनः सुरू, सहभागी उद्यमी महिलाहरू उत्साहित

धनगढी: धनगढी उपमहानगरपालिकाले हरेक शनिवार लगाउने महिला उद्यमी मेला आजबाट पुनः सुरू भएको छ। गत वर्षबाट सुरू भएको र गर्मी र बर्सादका कारण रोकिएको मेला फेरि सुरु भएको हो।धनगढी-१ जेन्जी मार्गमा आजबाट हरेक शनिवारको दिन दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म शनिवारिय महिला उद्यमी मेला लाग्नेछ। मेलाको प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले उद्घाटन गरेका हुन्। उद्घाटन पश्चात् बोल्दै मन्त्री थापाले महिला उद्यमी मेलाले महिलाहरूलाई आर्थिक कारोबारमा जोड्ने बताए। उनले उपमहानगरपालिकाको मेला लगाउने कदमको प्रशंसा गर्दै मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको बताए। धनगढीका महिलाहरूलाई अर्गानिक कृषि उत्पादन गर्न आवश्यक सहयोग गर्न कृषि मन्त्रालय तयार रहेको मन्त्री…
Read More