Skip to main content

धनगढी न्यूज

हङकङ सिक्सेसमा नेपालको यात्रा समाप्त, भारतलाई पछि पारेर १५औं स्थान

Advertisement

हङकङ सिक्सेसमा नेपाल बाउल लिगको खेलमा पराजित भएको छ।

आइतबार नेपाललाई यूएईले ४३ पराजित गरेको हो।

यससँगै प्रतियोगितामा नेपालको यात्रा समाप्त भएको छ।

युएईले दिएको १३० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४ विकेट गुमाएर ८६ रन मात्रै बनायो।

नेपालका लागि कप्तान सन्दीप जोराले ३१, मोहम्मद आदिल आलमले ३२, रसिद खानले ६, लोकेश बमले ७ र बसिर अहमदले ८ रन बनाए।

युएईका मोहम्मद फारूकले दुई तथा निलान्स केश्वानी र साघिर खानले १/१ विकेट लिए।

पहिले ब्याटिङ गरेको युएईले १२९ रन बनाएको थियो।

निलान्स केश्वानीले ५०, जाहिद अलीले ३० र मुहम्मद फारूकले २४ रन बनाउँदा मोहम्मद अर्फानले १६, खालिद साहले ४ र साघिर खानले १ रन जोडे।

बलिङतर्फ नेपालका रसिद खानले २ तथा रूपेश सिंह र लोकेश बमले एक/एक विकेट लिए।

नेपाल समूह चरणका दुवै खेलमा पराजित भएपछि बाउल लिगमा पुगेको थियो।

जसमा नेपालमा भारतलाई मात्र हराउन सक्यो। भारतलाई हराएको नेपाल १६ टोली सहभागी प्रतियोगितामा १५औं स्थानमा रह्यो।सेतोपाटी बाट साभार

 

 

 

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...