09
Nov
रूपन्देहीमा अर्को पाँचतारे होटल हायात प्यालेस सञ्चालनमा आएको छ। बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगरस्थित बुटवल नारायणगढ सडकखण्डको छेवैमा होटल सञ्चालन गरिएको हो। सफ्रोन सिके प्रालि मार्फत निर्माण गरिएको होटल हायात प्यालेसको व्यवस्थापनमा सञ्चालनमा ल्याइएको हो। सफ्रोन सिके प्रालिले व्यवस्थापन तथा सञ्चालनको लागि हायातसँग सम्झौता गरेको हो। होटलमा रूपन्देहीका सफल उद्योगी व्यवसायीहरू चुन्नुप्रसाद पौडेल, नरिश्वर पौडेल, भूमिराज पौडेल, कमलकिशोर मालपानी, उमाशंकर मालपानी र नितेश मालपानीको लगानी छ। लगानीकर्ताहरूको यो टिमले करेन्ट चाउचाउ उत्पादन गरिरहेको यशोदा फुड्स र बुटवल हस्पिटल प्रालिसँग सहकार्यमा सञ्चालन गरिरहेका छन्। प्रालिका अध्यक्ष चुन्नुप्रसाद पौडेलले २५ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको होटलमा ३ अर्ब ५० करोड रुपैयाँ भन्दा बढी लगानी…






