Skip to main content

धनगढी न्यूज

आजदेखि एनपीएल सुरु हुँदै, यस्ता छन् सहभागी ८ टिम

Advertisement

१ मंसिर, काठमाडौं । नेपाली क्रिकेट इतिहासमा पहिलोपटक सिटमा बसेर फ्लडलाइटमूनी खेल । धेरैको सपना थियो यो तर अब भने त्यो सपना बिपना बन्दैछ ।

क्रिकेट खेलाडीले फ्लडलाइटमूनि डे-नाइट म्याच खेल्नेछन् भने दर्शकले सिटमा बसेर त्यो खेल हेर्नेछन् । हो नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आज देखि सुरु हुँदा नेपाली क्रिकेटमा नयाँ इतिहासको सुरुवात हुनेछ ।

त्यसको साक्षी बस्नका लागि खेलाडी, क्यान पदाधिकारी क्रिकेट समर्थक र सारा नेपाली तयार छ । पहिलो संस्करणको एनपीएल दिउँसो मात्र भएको थियो चने दोस्रो संस्करणमा ३२ मध्ये २३ खेल डे-नाइट म्याच हुनेछ र त्यसमा फ्लडलाइट बालिनेछ ।

आइतबारै मात्रै फ्लडलाइट र प्यारापिट क्यानलाई हस्तानतरण गरिएको छ । अब साविक विजेता जनकपुर बोल्ट्सले त्यही फ्लडलाइटमूनि सोमबार काठमान्डु गोर्खाजसँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ ।

एनपीएलमा यसपटक पनि ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । कस्ता छन् ती ८ टिम ? संक्षिप्तमा चर्चा गर्नेछौं ।

जनकपुर बोल्ट्स

पुबुदु दासानायकेको प्रशिक्षणमा रहेको जनकपुरले पहिलो सिजन सुदुरपश्चिम रोयल्सलाई फाइनलमा हराउँदै च्याम्पियन बनेको थियो । दोस्रो सिजन जनकपुरको एक मात्र लक्ष्य उक्त उपाधि रक्षा गर्ने नै छ ।

जनकपुर बोल्ट्सले दोस्रो सिजनका लागि मुख्य प्रशिक्षकदेखि लोगोसम्म परिवर्तन गरेको छ । तर उसको लक्ष्य उही छ फेरि पनि एनपीएल ट्रफी जित्ने । त्यसैका लागि जनकपुरले तयारी तीव्र पारेको छ ।

जनकपुरले दोस्रो संस्करणका लागि मुख्य प्रशिक्षकमा वेष्ट इन्डिजका शिवनराइन चन्द्रपललाई अनुबन्ध गरेको छ । यस्तै पहिलो सिजन च्याम्पियन बनेको टिमबाट कोर ग्रुपलाई निरन्तरता दिएको छ ।

जनकपुरको टिममा पहिलो सिजन खेलेको टिमबाट ९ खेलाडी दोस्रो सिजन पनि टिममै छन् । जनकपुरले आसिफ शेख, कप्तान अनिल कुमार शाहसहित ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंसाकार र तुल बहादुर थापालाई रिटेन गरेको थियो ।

यो पनि पढ्नुहोस

एनपीएलको उपाधि रक्षा गर्ने जनकपुरको लक्ष्य

पहिलो सिजनको जनकपुर च्याम्पियन बन्दा उत्कृष्ट प्रदरशन गरेका न्युजिल्याण्डका अलराउण्ड जिम्मी निशम भने यस पटक टिममा हुने छैनन् ।

पहिलो सिजन टिममा रहेका शेर मल्ल, हेमन्त धामी, अरनिको यादव, आकाश त्रिपाठीलाई रिलिज गरेको जनकपुरले दोस्रो सिजनका लागि अक्सनबाट मयन यादवसहित सचिन भट्ट, विकाश आग्री र आदित्य महतालाई भित्र्याएको छ ।

विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका वायन पार्नेल र इमरान ताहिर, श्रीलंकाका लाहिरु समारकून र संगीथ कूरे, अमेरिकाका लाहिरु मिलान्था र सञ्जय कृष्णमुर्ती तथा नामिबियाका जान निकोल लफ्टी इटन अनुबन्ध गरेको छ ।

जनकपुरको टिम : आसिफ शेख, अनिल कुमार शाह, ललित राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंसाकार, तुल बहादुर थापा, मयन यादव, सचिन भट्ट, विकाश आग्री, आदित्य महता, लाहिरु मिलान्था, वायन पार्नेल, इमरान ताहिर, लाहिरु समारकून, सञ्जय कृष्णमुर्ती, जान निकोल लफ्टी इटन, संगीथ कूरे

सुदूरपश्चिम रोयल्स

सुदूरपश्चिम नेपाली घरेलु क्रिकेटका सफल प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा लगातार दोस्रो सिजन खेल्दैछ । राष्ट्रिय टिमका दीपेन्द्रसिंह ऐरी र आरिफ शेखसँगै राष्ट्रिय टिमका अनुभव लिइसकेका खेलाडीहरू विनोद भण्डारी, अविनाश बोहरा, इशान पाण्डे जस्ता खेलाडी यस टिममा छन् ।

यस्तै विदेशी खेलाडीमा स्कट कुगेलेइन र हर्मित सिंहलाई दोस्रो सिजन पनि निरन्तरता दिएको सुदूरपश्चिमले अस्ट्रेलियन ब्याटर क्रिस लिन र जोस ब्राउन जस्ता खेलाडी दोस्रो सिजनका लागि अनुबन्ध गरेको छ ।

सुदूरपश्चिमले अहिलेसम्म चार विदेशी खेलाडी मात्र अनुबन्ध गरेको छ । एनपीएलमा एक टिमले बढीमा ६ जनासम्म अनुबन्ध गर्न पाउनेछ । चार विदेशी खेलाडी अनुबन्ध गर्दै सुदूरपश्चिमले टिम सन्तुलित बनाएको छ ।

क्रिस लिनको आगमनपछि उनले ओपनिङ गर्नेछन् । उनलाई टप अर्डरमा विनोद भण्डारी, इशान पाण्डेले साथ दिन सक्छन् ।

अस्ट्रेलियाका क्रिस लिनदेखि स्थानीय खेलाडीहरूको साथमा च्याम्पियन बन्ने सुदूरपश्चिमको लक्ष्य

यस्तै मिडल अर्डरमा कप्तान दीपेन्द्र सिंह ऐरीसँगै आरिफ शेख, जोस ब्राउन अनुभवी खेलाडी छन् । दीपक बोहरा, मिलन बोहराको मिडल अर्डरमा विकल्पको रुपमा छन् ।

त्यसपछि पेस बलिङमा पहिलो सिजनका सर्वाधिक विकेटकर्ता स्कट कुगेलेइनसँगै अबिनाह बोहरा र हेमन्त धामी छन् । ट्यालेन्ट हन्टबाट आएका हिक्मत महरा पनि विकल्पमा छन् ।

स्पीनमा पनि नेपाली र विदेशी खेलाडीको साथ छ । अमेरिकी खेलाडी हर्मित सिंह र नरेन साउद मुख्य स्पीनरको रुपमा छन् । उनीहरूलाई कप्तान दीपेन्द्रले साथ दिनेछन् ।

सुदूरपश्चिमको टिम : दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अविनाश बोहरा, नरेन साउद, हेमन्त धामी, दीपक बोहरा, मिलन बोहरा, दीपेन्द्र थापा, टेक रावत, हिक्मत महरा, क्रिस लिन, जोश ब्राउन, स्कट कुग्लेइन, हर्मीत सिंह

कर्णाली याक्स

नेपाली राष्ट्रिय टिमकै सबैभन्दा अनुभवी खेलाडी सोमपाल कामीको कप्तानीमा कर्णालीले पहिलो सिजन लिग चरणमा ७ मध्ये ४ खेल जितेको थियो ।

दोस्रो संस्करणका लागि कर्णालीले कोर समूहलाई रिटेन गरेको छ भने मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र मल्ललाई नै निरन्तरता दिएको छ ।

कर्णालीले सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, अर्जुन घर्ती, विपिन शर्मा, दीपेन्द्र रावत, युनिश विक्रम ठकुरीलाई रिटेन गरेको थियो ।

विदेशी खेलाडीमा निर्भर कर्णालीको टप अर्डर, गत सिजनभन्दा राम्रो नतिजा ल्याउने लक्ष्य

यसमा सोमपाल, गुल्सन र नन्दन राष्ट्रिय टिमको सदस्य छन् भने बाँकी चार खेलाडी कर्णाली प्रदेशभित्रकै छन् । त्यसमा पनि कर्णालीले पहिलो सिजन ट्यालेन्ट हन्टबाटै छनोट गरेर चम्किएका विपिन शर्मालाई पनि रिटेन गरेको छ ।

यस्तै कर्णालीले अक्सनबाट अलराउण्डर पवन सर्राफ, स्पीनर युवराज खत्री, दिपक डुम्रे र इमरान शेखलाई अनुबन्ध गरेको छ ।

गत सिजन राम्रो प्रदर्शन गरेका अस्ट्रेलियन खेलाडी विलियम बोसिस्टोलाई पनि निरन्तरता दिएको छ ।

कर्णाली याक्सको टिम : सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, अर्जन घर्ती, विपिन शर्मा, दीपेन्द्र रावत, युनिश सिंह ठकुरी, पवन सर्राफ, युवराज खत्री, इमरान शेख, दिपक डुम्रे, विलियम बोसिस्टो, मार्क वाट, म्याक्स ओ’डाउड, नजिबुल्लाह जाद्रान, प्रियांक पान्चाल

चितवन राइनोज

दोस्रो सिजनको एनपीएलमा पनि चितवनको मार्कीमा कुशल मल्ल नै छन् । पहिलो सिजन टिममा रहेका कुशल मल्लसहित ६ खेलाडी रिटेन गरेको चितवनले दुई अनुभवी विदेशी खेलाडी रवि बोपारा र सोहल तनभिरलाई दोस्रो सिजन पनि निरन्तरता दिएको छ ।

यस्तै इंग्ल्याण्डका विश्वकप खेलिसकेका खेलाडी डाविड मलान र पहिलो सिजन सुदुरपश्चिम रोएल्सबाट खेल्दै उत्कृष्ट खेलाडी बनेका सैफ अली जैबलाई अनुबन्ध गरेपछि चितवनको विदेशी लाइनअप बलियो देखिएको छ ।

यसबाहेक चितवनले पहिलो सिजनकै दुई खेलाडी विपिन रावल र रन्जित कुमारलाई पनि अक्सनबाट अनुबन्ध गरेको थियो । पहिलो सिजन चोटका कारण खेल्न नपाएका मिडियम पेसर कमल सिंह ऐरी दोस्रो सिजन टिममा छन् । यसरी हेर्दा चितवन राइनोजले दुई विदेशीसहित १० खेलाडी पहिलो सिजनबाटै निरन्तरता दिएको छ । त्यसमा थपिएका छन्, पहिलो सिजनको बेस्ट प्लेअर सैफ अली जैब ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...