17
Nov
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले कमिसन खाएर मात्रै बजेट दिने गरेको गुनासो गरिएको छ। सुदूरपश्चिमका केही पालिका प्रमुखहरूले मुख्यमन्त्री कमलबहादुर शाह उपस्थित कार्यक्रममै यस्तो गुनासो गरेका छन्। कात्तिक २५ गते डोटीको दिपायलमा मुख्यमन्त्री उपस्थित कार्यक्रममा दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजीसिंह खड्काले प्रदेश सरकारले कमिसनमा व्यक्तिगत योजना दिने गरेको बताएका हुन्। उनले झोला र झ्यालबाट परेका योजना आउने तर पालिकाले आश्यकताका आधारमा माग गरेका कार्यक्रममा बजेट नपर्ने गरेको बताएका छन्। विज्ञापन डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले प्रदेश सरकारले बेइमानी गर्दै आएको बताएका छन्। उनले कमिसन दिएको योजनामा बजेट पर्ने, व्यक्तिका योजना आउने तर पालिकाले संस्थागत निर्णय गरेर माग गरेका योजना नपर्ने…






