26
Nov
१० मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले त्रिभुवन विश्वविद्यालय सभामा एउटा प्रधानमन्त्रीले सबै विश्वविद्यालयको भारी बोकेर हिँड्न नसक्ने टिप्पणी गरिन् । उनको सार थियो- प्रधानमन्त्री कुलपति हुने प्रावधान ठिक छैन । ‘एउटै प्रधानमन्त्रीले डोकोभरि भारी बोकेर हिँड्न सक्दैन । स्वायत्तताको कुरा आइरहेको छ, हुनुपर्छ भन्ने लागेको छ,’ प्रधानमन्त्री कार्कीले भनिन् । कतिवटा विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति छ भन्ने स्वयं प्रधानमन्त्रीलाई नै थाहा नहुने अवस्था छ । प्रधानमन्त्रीलाई नभई प्राज्ञलाई नै कुलपतिको जिम्मेवारी बोकाउनुपर्ने धारणा प्रधानमन्त्री कार्कीको छ । ‘१९ कि १७ वटा विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने रहेछ । एउटा व्यक्तिले कसरी साध्य हुन्छ ? कुलपति विज्ञमार्फत होस्, सभाले खोजोस्,’ उनले भनिन् । गत…






