Skip to main content

धनगढी न्यूज

प्रदेश सचिव हमालले नियम मिचे, मातहतका कार्यालयको अधिकार खोसे!

Advertisement

धनगढीः प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयका प्रदेश सचिव राजेन्द्रकुमार हमालले प्रदेशको नियम मिच्दै लेखा समूहका कर्मचारीहरूलाई मन्त्रालयबाटै दोहोरो र तेहरो जिम्मेवारी दिने काम गरेका हुन्। प्रदेश सचिव हमालले पुस ९ गतेको प्रदेश सचिवस्तरको निर्णयका आधारमा २८ जना लेखा समूहका कर्मचारीलाई दोरो तथा तेहरो जिम्मेवारी तोकेका हुन्।

प्रदेश सचिव हमालले सुदूरपश्चिम प्रदेश निजामती कर्मचारी सरुवा तथा काज सम्बन्धी मापदण्ड, २०८० को दफा ७ को उपदफा (६) बमोजिम जिम्मेवारी तोकिएको बताएका छन्। गत वर्ष प्रदेश सचिव झलकराम सुवेदीले झै यो वर्ष हमालले पनि प्रदेश लेखा नियन्त्रक कार्यालयको अधिकार क्षेत्र अतिक्रमण गरेर मन्त्रालयबाटै सचिव स्तरीय निर्णय गरेको हुन्।

सुदूरपश्चिम प्रदेश निजामती कर्मचारी सरुवा तथा काज सम्बन्धी मापदण्ड, २०८० को अधिनमा रहेर दोहोरो र तेहरो जिम्मेवारी दिएको बताउने हमालले प्रदेश सरकारले बनाएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०८० को नियम ७ को उपनियम (३) को व्यवस्थालाई उल्लङ्घन गरेको कर्मचारीहरूले बताएका छन्। नियमावली नबन्दासम्म मापदण्डको अधिनमा रहेर काम गर्न सकिने भए पनि नियमावली आइसकेपछि मापदण्डको प्रावधान लागू नहुने तर्क कर्मचारीहरूले गरेका छन्।

प्रदेश सरकारले निर्माण गरेको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०८० को नियम ७ को उपनियम (३) मा भने ‘भुक्तानी आदेश वा खाता सञ्चालनका लागि लेखा समूहको दरबन्दी रिक्त भएको वा दरबन्दी नरहेको अवस्थामा कार्यालय प्रमुख वा निजले तोकेको कर्मचारी र प्रदेश लेखा इकाइ कार्यालयले तोकिदिएको लेखा समूहको कर्मचारीको संयुक्त दस्तखतबाट त्यस्तो खाताको सञ्चालन गर्न सकिनेछ’ भन्ने प्रावधान छ।

प्रदेश सरकार मातहतका कार्यालयमा लेखा समूहको दरबन्दी रिक्त भएमा सो कार्यालयमा प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाइ कार्यालयले दोहोरो जिम्मेवारी दिन पाउने नियमावलीको व्यवस्थालाई गत वर्ष तत्कालीन प्रदेश सचिव झलकराम सुवेदी र यो पटक राजेन्द्रकुमार हमालले लत्याएका हुन्। हमालले भने विद्यमान कानुनकै अधिनमा रहेर काम गरेको दाबी गरेका छन्। उनले मापदण्डको अधिनमा रहेर निर्णय गरेको जिकिर गरेका छन्। तर आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०८० को नियम ७ को उपनियम (३) मा रहेको व्यवस्था बारे जिज्ञासा राख्दा उनले थप प्रतिक्रिया दिन मानेनन्। थप कुरा मन्त्रालयका सूचना अधिकारी अर्जुन खड्काबाट बुझ्न भन्दै प्रदेश सचिव हमाल पन्छिए।

यी हुन दोहोरो जिम्मेवारी पाउने कर्मचारी
टेकबहादुर सिजापती लेखापाल मेरो नयाँ सहर आयोजना साँफेबगर र बयलपाटा अस्पतालमा दोहोरी जिम्मेवारी दिइएको छ भने लेखा अधिकृत डम्बरदेव पाण्डेयलाई महाकाली आयुर्वेद औषधालय र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको दोहोरो जिम्मेवारी दिइएको छ।
लेखा अधिकृत राजेन्द्रप्रसाद पनेरू कृषि व्यवस्था प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुर र माटो तथा मल परीक्षण प्रयोगशालाको दोहोरो जिम्मेवारी दिइएको छ।

यस्तै हरिप्रसाद जोशीलाई पशु सेवा तालिम केन्द्र र यातायात व्यवस्था कार्यालयकोको जिम्मेवारी तोकिएको छ भने लेखा अधिकृत मीरा पौडेललाई प्रदेश लेखा नियन्त्रक कार्यालय र भू तथा जलाधार व्यवस्थापन कार्यालयको दोहोरो जिम्मेवारी दिइएको छ।

लेखा अधिकृत नरबहादुर भाटले पथरिया मोहना सिँचाइ व्यस्थापन कार्यालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीको जिम्मेवारी दिइएको हो। यस्तै, लेखा अधिकृत प्रेमराज जोशीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास कार्यालय, ओमराज जोशीलाई  प्रदेश लेखा नियन्त्रण कार्यालय र  डिभिजन वन कार्यालय धनगढी, लेखा अधिकृत गणेश विष्टलाई मत्स्य विकास केन्द्र गेटा र डिभिजन वन कार्यालय पहलमानपुरको दोहोरो जिम्मेवारी दिइएको छ।

यस्तै,लेखा अधिकृत पुष्पा फुलारालाई प्रादेशिक आयुर्वेद चिकित्सालय र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको दोहोरो जिम्मेवारी दिइएको छ भने गोदावरी ठगुन्नालाई सहरी विकास तथा भवन कार्यालय र प्रदेश नीति तथा योजना आयोगको जिम्मेवारी दिइएको हो।

दुई/दुई वटा कार्यालयमा लेखाको दोहोरो जिम्मेवारी पाएका विजयराज पन्तलाई सामाजिक विकास कार्यालय डडेल्धुरा र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेल्धुरामा खटाइएको छ। यस्तै, लेखा अधिकृत दिलबहादुर ऐरलाई भू तथा जलाधार व्यवस्थापन कार्यालय डडेल्धुरामा र उच्च मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम, विमलबहादुर साउँदलाई  प्रदेश लेखा नियन्त्रक कार्यालय र पूर्वाधार विकास कार्यालय डडेल्धुरा,  लेखा अधिकृत हरिप्रसाद भट्टलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुरा र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको दोहोरो जिम्मेवारी दिइएको छ।

डोटीमा दोहोरो जिम्मेवारी पाएका तीन जना लेखा समूहका कर्मचारीमध्ये  लेखा अधिकृत गणेशप्रसाद भट्टलाई शिक्षा तालिम केन्द्र र जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, यस्तै, लेखापाल प्रेमबहादुर खड्कालाई जिल्ला स्वास्थ्य कार्यालय र कृषि विकास निर्देशनालय दोहोरो जिम्मेवारी दिइएको छ। यसैगरी वासुदेव जोशी (लेखा अधिकृत छैटौ) लाई स्वास्थ्य कार्यालय दार्चुला र भू तथा जलाधार कार्यालय दार्चुलाको जिम्मेवारी दिइएको छ।

बैतडीको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा कार्यरत लेखापाल प्रेमराज भट्टले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय धनगढीमा दोहोरो जिम्मेवारी पाएका छन् भने जिल्ला अदालत बैतडीका लेखापाल विष्णुप्रसाद जोशीलाई कृषि ज्ञान केन्द्रको दोहोरो जिम्मेवारी दिइएको छ। लेखा अधिकृत पपेन्द्र भट्ट डिभिजन वन कार्यालय कृषि ज्ञान केन्द्र तथा मदनसिंह कुँवरलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको दोहोरो जिम्मेवारी दिइएको छ।

बझाङमा दोहोरो जिम्मेवारी पाएका खगेन्द्र कार्कीलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयमा, सर्जन बोगटीलाई स्वास्थ्य कार्यालय र जिल्ला अस्पताल, मानबहादुर बमलाई कारागार कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय, लेखापाल भीष्मराज जोशीलाई जिल्ला प्रशासन कार्यालय र सामाजिक विकास कार्यालय तथा शिवराज पाण्डेयलाई मालपोत तथा डिभिजन वन कार्यालयको दोहोरो जिम्मेवारी दिइएको छ। बझाङमा संघीय सरकारका कर्मचारीलाई समेत प्रदेश सरकार मातहतको कार्यालयमा काम गर्ने जिम्मेवारी दिइएको छ।

३ जनालाई तीन कार्यालयको जिम्मेवारी
लेखा अधिकृत चक्रराज भट्टलाई  जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तथा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयमा तेहरो जिम्मेवारी दिइएको छ।  दार्चुलामा  लेखा सहायक प्रकाश भट्टलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, सामाजिक विकास कार्यालय र कृषि ज्ञान केन्द्रसहित तीन कार्यालयको जिम्मेवारी दिइएको छ भने जनकराज भट्ट (लेखा अधिकृत छैटौ) लाई जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय, जिल्ला अस्पताल र डिभिजन वन कार्यालय दार्चुलासहित तीन कार्यालयको जिम्मेवारी दिइएको छ।दिनेश खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...