Skip to main content

धनगढी न्यूज

सुदूरपश्चिममा निर्वाचनका लागि ७ हजार प्रहरी परिचालन हुने, ४ जिल्लामा विशेष सुरक्षा

Advertisement

१९ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा चुनावी सुरक्षाका लागि सात हजार बढी प्रहरी परिचालन गरिने भएको छ ।

२१ फागुनमा हुने निर्वाचनका प्रदेश प्रहरी कार्यालय धनगढीले सुरक्षा चुनौती विश्लेषण गर्दै सोही अनुसार प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिने जानकारी दिएको हो ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) पदमबहादुर विष्टले निर्वाचनका लागि सात हजार ५८ जना प्रहरी परिचालन गरिने जानकारी दिए ।

उनकाअनुसार प्रहरीसँगै निर्वाचन प्रहरी समेत सहयोगी भूमिकामा खटिनेछ । ९ वटै जिल्लामा १३ हजार ६६९ जना निर्वाचन प्रहरीलाई खटाइने एसएसपी विष्टले बताए । सशस्त्र प्रहरीतर्फ भने एक हजार ५१९ निर्वाचन प्रहरी रहनेछन् ।

२१ फागुनमा हुने निर्वाचनका लागि सुदूरपश्चिममा १७ लाख १६ हजार ६७५ मतदाता रहेका छन् । उनीहरू मध्ये आठ लाख ६४ हजार ४२३ महिला र आठ लाख ५२ हजार २१९ पुरूष मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

सुरक्षा संवेदनशीलताका आधारमा मतदानस्थलको वर्गीकरण गर्दै सोही अनुसार व्यवस्था मिलाइएको जनाएको छ ।

प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विष्टकाअनुसार सुदूरपश्चिममा एक हजार १७६ मतदान स्थल र दुई हजार १९९ मतदान केन्द्र रहेका छन् । तीमध्ये मतदान स्थल ३०० सामान्य, ३९५ संवेदनशील र ४८१ अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।

यस्तै मतदान केन्द्रतर्फ ४५६ सामान्य, ७५७ संवेदनशील र ९८६ अतिसंवेदनशीलको सूचीमा छन् । सामान्यमा मतदान केन्द्रमा ५ जना, संवेदनशीलमा ६ जना र अतिसंवेदनशीलमा १० जना प्रहरी परिचालन हुनेछन् ।

मतदान स्थलको भित्री सुरक्षामा उनीहरू परिचालन भएपनि बाहिरी सुरक्षामा भने थप प्रहरी खटाइने एसएसपी विष्टले बताए ।

सुदूरपश्चिम प्रदेशमा योपटक २४ राजनीतिक दलले निर्वाचनमा भाग लिएका छन् ।

चार जिल्लामा विशेष सुरक्षा प्रहरीले सुदूरपश्चिमका चार जिल्लालाई अतिसंवेदनशीलको सूचीमा राख्दै विशेष सुरक्षा व्यवस्था मिलाएको छ ।

विगतका निर्वाचनमा भएका घटना लगायतका आधारमा बाजुरा, बझाङ, अछाम र दार्चुलालाई अतिसंदेनशीलको सूचीमा राखेको छ । यी जिल्लाका मतदान स्थल र मतदान केन्द्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच, सुदूरपश्चिम प्रदेशको चुनाव केन्द्रीत सुरक्षा अवस्थाको विश्लेषणका लागि एआईजी हिमालय श्रेष्ठ नेतृत्वको विशेष टोली धनगढी पुगेको छ ।

प्रहरी प्रधान कार्यालयले श्रेष्ठको नेतृत्वमा पठाएको टोली आइतबार धनगढी पुगेको छ । उक्त टोलीले प्रदेशको सुरक्षा अवस्थाको विश्लेषण गर्दै जनशक्ति परिचालन लगायतका विषयमा अध्ययन गर्नेछ ।अन्लाईन खबर बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...