Skip to main content

धनगढी न्यूज

Day: February 2, 2026

झापामा कुन उम्मेदवार र चिह्नलाई मत दिनुहुन्छ भनेर सोध्न नपाइने

झापामा कुन उम्मेदवार र चिह्नलाई मत दिनुहुन्छ भनेर सोध्न नपाइने

जिल्ला प्रशासन कार्यालय झापाले मतदाताहरूलाई ‘कुन उम्मेदवार र कुन चिह्नलाई मत दिनुहुन्छ भनेर सोध्न नपाउने निर्णय गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत अञ्जन न्यौपाने र तेजप्रकाश प्रसाईंले विज्ञप्ति जारी गर्दै मतदाताको गोपनीयता भंग गर्ने कार्य भइरहेको भन्दै रोक लगाउने निर्णय गरेको हो। ‘फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालको प्रयोग गरी केही अनलाइन सञ्चार माध्यमले सर्वसाधारण तथा मतदाताहरूसँग के कुन दल वा उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भंग गर्ने कार्य गरिरहेको जानकारी प्राप्त भएकोले उक्त कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उल्लंघनको कार्य भएको हुँदा यो सूचना जारी भएपश्चात् कोही…
Read More
सेयर बजारमा सामान्य सुधार, घट्यो कारोबार रकम

सेयर बजारमा सामान्य सुधार, घट्यो कारोबार रकम

१९ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य बढेर बन्द भएको छ । सुरुमा बढेर २७०६ अंकसम्म पुगेको नेप्से त्यसपछि उतारचढाव सहित अन्त्यमा १.५३ अंकले बढेर २६९५.७३ अंकमा पुगेर बन्द भएको हो । आइतबारको तुलनामा नेप्सेमा कारोबार रकम अझै घटेको छ । आइतबार ९ अर्बभन्दा बढी रहेको कारोबार रकम सोमबार घटेर ८ अर्ब २२ करोडमा सीमित भयो । सोमबार नेप्सेमा कारोबार भएका १ सय १४ कम्पनीको सेयर मूल्य बढ्यो भने १ सय ३४ कम्पनीको घटेको छ । १३ कम्पनीको सेयर मूल्यमा भने कुनै हेरफेर भएन ।  समूहगत परिसूचकमध्ये होटल र पर्यटन १.७७ प्रतिशत बढेको छ भने विकास…
Read More
तस्विरमा मनोरम पुम्दीकोट

तस्विरमा मनोरम पुम्दीकोट

काठमाडौँ : पोखरा उपत्यकाको पुम्दिकोटमा महादेवको विशाल मूर्ति बनेसँगै यो ठाउँ पर्यटकीय स्थल बनेको छ। पोखरा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो नयाँ गन्तव्यको रूपमा लोकप्रिय भइरहेको छ। पुम्दिकोटमा भगवान् शिवको ५१ फिट अग्लो मूर्ति बनाइएको छ। धार्मिक पर्यटन धाम बनाउने उद्देश्यले यहाँ मूर्ति सहितका संरचना बनाइएको हो। करिब २२ रोपनी जमिनमा विशाल शिव मूर्तिसहित १०८ वटा शिवलिंग, डमरु, कलश लगायतका संरचना बनाइएको छ। पोखरा बजारबाट १३ किलोमिटरको दूरीमा रहेको पुम्दीकोटबाट हिमशृङ्खलासँगै सराङकोट, फेवाताल र पोखरा क्षेत्रको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।थाहाखबर बाट साभार हेर्नुहोस् तस्विर-                        
Read More
कुहिरोभित्रको जीवन : नारायणी नदीमा शीतकालीन चराचुरुङ्गी र वन्यजन्तु

कुहिरोभित्रको जीवन : नारायणी नदीमा शीतकालीन चराचुरुङ्गी र वन्यजन्तु

चितवन । नारायणी नदी क्षेत्रमा जाडो यामसँगै देखिने प्राकृतिक दृश्य अत्यन्त मनमोहक हुन्छ। चिसो बिहानको कुहिरोले ढाकिएको नदी, बगर र वरपरका घाँसे मैदानहरू शीतकालीन आप्रवासी चराहरू र स्थानीय वन्यजन्तुहरूको गतिविधिले जीवन्त बन्छ । हरेक वर्ष उत्तरी एसिया, साइबेरिया, मध्य एसिया र तिब्बती उच्च भूमिबाट हजारौँ किलोमिटर यात्रा गरेर नेपाल आउने आप्रवासी चराहरूका लागि नारायणी नदी एक महत्त्वपूर्ण आश्रयस्थल हो।   यस क्षेत्रमा चखेवा (Ruddy Shelduck), खोया हाँस (Bar-headed Goose), रणमत्त महाचील (Eastern Imperial Eagle), लगु राजपुत्रिका (Little Ringed Plover) जस्ता प्रमुख आप्रवासी चराहरू देख्न सकिन्छ। साथै मणितुण्डक हाँस (Goosander) जस्ता जलचर र आसपासका वन क्षेत्रमा मयूर (Peacock) को उपस्थितिले पनि…
Read More
एपस्टिनसँग सम्बन्ध रहेको आरोप लागेपछि बेलायतको लेबर पार्टीका वरिष्ठ नेताले दिए राजीनामा

एपस्टिनसँग सम्बन्ध रहेको आरोप लागेपछि बेलायतको लेबर पार्टीका वरिष्ठ नेताले दिए राजीनामा

बालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा जेल सजाय भोगेका जेफ्री एपस्टिनसँग सम्बन्धित नयाँ दस्तावेजहरू सार्वजनिक भएपछि बेलायतको लेबर पार्टीका वरिष्ठ नेता पिटर म्यान्डेलसनले राजीनामा दिएका छन्। एपस्टिनसँग उनको सम्बन्धबारे प्रश्न उठेपछि म्यान्डिलसनले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। उनले पार्टीलाई थप लज्जित बनाउन नचाहेकाले आफूले राजीनामा दिने निर्णय गरेको बताएका छन्। अमेरिकाको न्याय मन्त्रालयले हालै एपस्टिनसँग सम्बन्धित ३० लाख भन्दा बढी पृष्ठका नयाँ दस्तावेज सार्वजनिक गरेको थियो। यसमा भएका विवरणहरूले म्याण्डिलसनमाथि थप प्रश्न र छानबिनको माग भएको रोयटर्सले जनाएको छ। म्यान्डिलसन बेलायतका पूर्वमन्त्रीसमेत हुन्। यसअघि नै एपस्टीनसँगको सम्बन्धका कारण उनलाई गत वर्ष अमेरिकाका लागि…
Read More
सुदूरपश्चिममा निर्वाचनका लागि ७ हजार प्रहरी परिचालन हुने, ४ जिल्लामा विशेष सुरक्षा

सुदूरपश्चिममा निर्वाचनका लागि ७ हजार प्रहरी परिचालन हुने, ४ जिल्लामा विशेष सुरक्षा

१९ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशमा चुनावी सुरक्षाका लागि सात हजार बढी प्रहरी परिचालन गरिने भएको छ । २१ फागुनमा हुने निर्वाचनका प्रदेश प्रहरी कार्यालय धनगढीले सुरक्षा चुनौती विश्लेषण गर्दै सोही अनुसार प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिने जानकारी दिएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) पदमबहादुर विष्टले निर्वाचनका लागि सात हजार ५८ जना प्रहरी परिचालन गरिने जानकारी दिए । उनकाअनुसार प्रहरीसँगै निर्वाचन प्रहरी समेत सहयोगी भूमिकामा खटिनेछ । ९ वटै जिल्लामा १३ हजार ६६९ जना निर्वाचन प्रहरीलाई खटाइने एसएसपी विष्टले बताए । सशस्त्र प्रहरीतर्फ भने एक हजार ५१९ निर्वाचन प्रहरी रहनेछन् । २१ फागुनमा हुने निर्वाचनका…
Read More