Skip to main content

धनगढी न्यूज

९ महिनाको गर्भ बोकेर घरदैलोमा रञ्जु (तस्बिरहरू)

Advertisement

काठमाडौँ । २०७४ को स्थानीय चुनावमा विवेकशील नेपालीबाट काठमाडौँको मेयरको उम्मेदवार बनेकी रञ्जु दर्शना यो पटकको चुनावमा काठमाडौँ क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेकी छिन् । १७ वर्षकै उमेरमा राजनीतिमा लागेकी रञ्जु निर्वाचन आएसंगै चुनावी प्रचारमा लागेकी छिन् । ९ महिनाको गर्भवती भए पनि उनले आफ्नो चुनावी प्रचार प्रसार रोकेकी छैनन् ।

सोमबारदेखि निर्वाचन आयोगले १५ दिनको लागि प्रचार प्रसार गर्न पाउने समयसीमा तोकिदिएपछि उनी आफ्नो श्रीमानको साथमा प्रचार प्रसारमा निस्केकी छिन् । काठमाडौँ क्षेत्र नम्बर १ मा पर्ने कामनापाका १०, ११, २९ र ३१ वडा सम्मिलित यो क्षेत्रमा २३ हजार २३७ पुरुष र २५ हजार २५२ महिला गरी कुल मतदाता ४८ हजार ४८९ मतदाता रहेको यस क्षेत्रमा दलसम्बद्ध १६ र स्वतन्त्र १३ गरी २९ उम्मेदवार चुनावी मैदानमा छन् । ती मध्ये पनि ४ महिला उम्मेदवार मध्ये उनी पनि एक हुन् ।

 

२०७४ सालको स्थानीय तहको निर्वाचनमा विवेकशील साझाबाट काठमाडौँ महानगरको मेयरको उम्मेदवार हुँदा उनले २३ हजार ४३९ मत प्राप्त गरेकी थिइन् । २०७९ सालमा उनी विवेकशील साझाबाटै काठमाडौँ–५ मा प्रतिनिधिसभा सदस्यकै उम्मेदवार थिइन्। त्यतिबेला भने परिणाम उनका लागि सुखद रहेन। यसपटक रास्वपाको राम्रो लहर भएकाले काठमाडौँ–१ का मतदाताले आफूलाई साथ दिने विश्वास रञ्जुको छ ।रातोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...