Skip to main content

धनगढी न्यूज

एस.पी.ए कलेजको 10+2 संयोजकमा रमेश जोशी तथा परीक्षा संयोजकमा टंक जोशी नियुक्त

Advertisement

धनगढीस्थित एस.पी.ए कलेजको मा.वि तह (+2) कार्यक्रम संयोजकका रुपमा सोही कलेजमा कार्यरत रमेश प्रसाद जोशी नियुक्त भएका छन् । यसैगरी , क्याम्पसको परीक्षा संयोजकका रुपमा उप प्राध्यापक टंक जोशीलाई नियुक्त गरिएको छ ।

आज क्याम्पसमा आयोजित एक कार्यक्रममा क्याम्पसका प्रमुख बुधराम चौधरी तथा सहायक क्याम्पस प्रमुख रघुनाथ जोशीले संयुक्त रुपमा नव नियुक्त संयोजकहरुलाई टिका तथा माला लगाई नियुक्ति पत्र प्रदान गरेका थिए ।

कार्यक्रमा बोल्दै नव नियुक्त +2 कार्यक्रम संयोजक रमेश जोशीले उक्त जिम्मेवारी प्रदान गर्ने क्याम्पस प्रशासनलाई धन्यवाद दिँदै आफ्नो अनुभव तथा टिमवर्कका माध्यमबाट कलेजको कार्यक्रमलाई नयाँ उचाइमा पुगाउन लागिपर्ने बताए ।

यसैगरी , नव नियुक्त परीक्षा संयोजक टंक जोशीले विद्यार्थीको शैक्षिक स्तरको मापन तथा निर्धारणमा परीक्षाले अहम् भूमिका खेल्ने भएकोले सो लाई मर्यादित बनाउनेमा आफ्नो ध्यान रहने वचनबद्धता व्यक्त गरेका थिए ।

विगत केही समयदेखि रिक्त रहेको उक्त पदहरुमा आज पदपूर्ति गरिएको हो ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...