Skip to main content

धनगढी न्यूज

क्रिकेटप्रति उत्साह जगाउन ‘ट्रफी टुर’

Advertisement

धनगढी : नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा सहभागी हुन लागेको सुदूरपश्चिम रोयल्सले सुरु गरेको एनपिएल ‘ट्रफी टुर’ समापन गरिएको छ।

कैलालीको टीकापुरबाट शुक्रवार आरम्भ भएको ट्रफी टुर कञ्चनपुरको महेन्द्रनगर हुँदै पुनः कैलालीको धनगढी पुगेर शनिवार समापन गरिएको हो। समापनअघि धनगढीमा बाजागाजासहित ट्रफी प्रदर्शन गरिएको थियो।

एनपिएलको प्रचारप्रसारका साथै क्रिकेटप्रति सबैको उत्साह जगाउन रोयल्सले यो टुर आयोजना गरेको सुदूरपश्चिमवासी समेत रहनुभएका नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बताए।

समापनपछि आयोजित पत्रकार सम्मेलनमा रोयल्स टोलीका प्रशिक्षक जगत टमटासहित खेलाडीले प्रतियोगिताका बारेमा प्रकाश पारेका थिए। दोस्रो संस्करणको एनपिएल प्रतियोगिता आगामी मङ्सिर १ गतेदेखि काठमाडौँमा सुरु हुँदैछ।

सुदूरपश्चिम रोयल्सबाट एनिपिएल खेल्ने टोलीमा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउँद, दीपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन र हर्मित सिंह रहेका छन्।दिनेश खबर बाट साभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...