Skip to main content

धनगढी न्यूज

रवि र बालेनलाई नमिलेसम्म बाहिर आउने होइन भनेर ढोकामा चुकुल लगाइदिएको छु : सुदन गुरुङ

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहबीच अहिले कुपन्डोलमा छलफल भइरहेको छ।

बालेनका सहयोगी कुमार व्यञ्जनकारको निवासमा दुई जनाबीच एक्लाएक्लै कुराकानी भइरहेको छ। भेटका लागि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व सांसद असिम शाह कुपन्डोल पुगेका थिए।

त्यसअघि नै बालेनसँग भेट्न हामी नेपाल संस्थाका संस्थापक एवं जेनजी अभियन्ता सुदन गुरुङ पनि कुपण्डोल पुगेका थिए। सुदन अहिले ब्यजनकारको घरको गेटमा छन्।

‘ढोका थुनेर लक लगाएर राखेको छु ’ गुरुङले भने, ‘गेटपाले बसिराखेको छु। जबसम्म मिल्दैन तबसम्म निस्कन पाउँदैन भनेर।’

उनले रवि, बालेन, उर्जा मन्त्री कुलमान घिसिङबीच थप कुराकानी हुने बताए।

रवि लामिछाने र बालेन शाहबीच केही दिन अघि काठमाडौंको कमलपोखरीमा ६ घण्टा लामो भेटवार्ता भएको थियो। तर भेटमा लामिछानेका तर्फबाट ठोस प्रस्ताव नआएको उल्लेख गर्दे बालेनले अन्य नेताहरुसँग छलफल अघि बढाएका थिए। बालेनले लौरो चुनाव चिन्ह भएको देश विकास पार्टीबाटै राजनीति अघि बढाउने गृहकार्य समेत गरिरहेका छन्। तर त्यसअघि रवि लामिछानेसँगको छलफल टुङ्गोमा पुर्‍याउने चाहाना बालेनको थियो। बालेनलाई आगामी निर्वाचनमा प्रधानमन्त्रीका रुपमा प्रोजेक्ट गर्न रवि लामिछानेले प्रस्ताव गरिसकेका छैनन्। तर बालेन भने संसदीय दलको नेता र प्रधानमन्त्री सुनिश्चित होस् भन्ने चाहान्छन्।

 

दुईबीच आज हुने छलफलले मिलेर अघि जाने वा छुट्टाछुट्टै अघि बढ्ने भन्ने टुङ्गो हुने निकटहरुले बताएका छन्। सेतोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...