Skip to main content

धनगढी न्यूज

फेरि नजिकिए नेकपा र माओवादी, एकताका लागि नेताहरू सघन छलफलमा

Advertisement

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एकता गरेर जाने उद्देश्यका साथ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा माओवादीबिच सघन छलफल सुरु भएको छ ।

कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १० घटक मिलेर नेकपा बनेपछि विप्लव नेतृत्वको साबिक नेपाल कम्युनिस्ट पार्टी एकता प्रक्रियाबाट बाहिरिएको थियो । त्यसपछि निर्वाचन आयोगमा दल दर्ता गर्ने समयमा विप्लवले नाम परिवर्तन गरी जनयुद्धकालीन नाम माओवादी राखेका थिए ।

तर, निर्वाचनको माध्यमबाट नेपालमा कम्युनिस्ट पार्टीलाई घेराबन्दी गर्ने, कमजोर बनाउने र सखाप पार्ने हिसाबले षड्यन्त्र भइरहेको निष्कर्ष निकाल्दै यी दुई पार्टी फेरि नजिकिएको स्रोतले दाबी गरेको छ । माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता गर्ने समय अगाडि नै ‘ब्रेक थ्रु’ हुने गरी दुवै पार्टीका शीर्ष नेताहरू सक्रिय रहेको बुझिएको छ ।

‘नेकपा माओवादीसँग एकता, सहकार्य गर्ने विषयमा छलफल एकदम सकारात्मक रूपमा अगाडि बढेको छ । केही दिनदेखि हामी लगातार छलफलमै छौँ’, स्रोतले भन्यो, ‘कम्युनिस्ट पार्टीलाई कमजोर बनाउन चौतर्फी घेराबन्दी भइरहेको छ । समय र वस्तुनिष्ठ आवश्यकताले पनि सबै वामपन्थी, समाजवादी र कम्युनिस्ट घटकहरू एक ठाउँमा आउनुपर्ने बाध्यता छ । केही दिनमै सकारात्मक परिणाम निस्कनेछ ।’

समानुपातिक बन्दसूची मिलाउनका लागि माओवादीका महासचिव विप्लव लगायत शीर्ष नेताहरू अहिले काठमाडौँमै रहेका छन् । माओवादीबाट विप्लव आफै वार्तामा अग्रसर रहेका छन् । नेकपाबाट संयोजक पुष्पकमल दाहाल प्रचण्डका विश्वास पात्र खटिएको बुझिएको छ ।

केही दिन अगाडि विप्लव र नेकपाका नेता कृष्णबहादुर महराबिच खुमलटारमा छलफल भएको थियो । महराकै पहलमा विप्लव २०७९ सालमा समाजवादी मोर्चामा सहभागी भएका थिए । तत्कालीन माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सहमति नजिक पुगेर पनि प्रचण्डकै कारण सफल नभएको विप्लवले आरोप लगाएका थिए ।

मोर्चाका संयोजक समेत रहेका विप्लवले नेकपा गठन भएपछि अलग भएका थिए । तर, उनका सचिवालयले गुरु र चेलाको हिसाबले महरासँग भेटघाट हुनु स्वाभाविक भएको बताएको छ ।

‘केही दिनअघि हाम्रा महासचिव महरा सरसँग उहाँकै निवासमा भेट भएको हो । तर पार्टी एकताको विषयमा छलफल भएको छैन । देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले नेपालमा कम्युनिस्टलाई समाप्त पार्न विभिन्न षड्यन्त्र गरिरहेका छन् । यस्तो अवस्थामा सम्पूर्ण वामपन्थी र कम्युनिस्ट घटकबिच सहकार्य र मोर्चाबन्दी बनाएर जाऊँ भन्नेबारे कुरा भएको छ । एउटै कम्युनिस्ट केन्द्र बनाएर जाने विषयमा हाम्रो विमति छैन’, विप्लवको सचिवालयले भन्यो ।

माओवादीका स्थायी समिति सदस्य सन्तोष बुढामगरले चुनावी तालमेल, सहकार्य र एकताको विषयमा नेकपाका नेताहरूसँग छलफल भएको स्विकारेका छन् । यद्यपि छलफल कुनै निष्कर्षमा नपुगेको उनले बताए ।

‘हामी सबै वामपन्थी र कम्युनिस्ट घटक एक भएर जाने पक्षमा छौँ । सकेसम्म आगामी निर्वाचनमा सहकार्य र तालमेल गरेर जानेबारे छलफल भइरहेको छ । सहमत नभएमा हामी आफ्नै हिसाबले अगाडि बढ्छौँ’, उनले भने ।

पुस १३ गते नेकपाका संयोजक प्रचण्डले केन्द्रीय कार्यालय पेरिसडाँडामा दुई तीनवटा दलसँग पार्टी एकताका लागि कम्मर कसेर लागेको बताएका थिए । भोलिपल्ट रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग पार्टी एकता सहमतिमा हस्ताक्षर भएको थियो ।

राजनीतिक दलहरूले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक बन्दसूची संशोधन गर्नका लागि पुस २१ देखि २७ गतेसम्म समय दिएको छ । यस अवधिमा सकेसम्म एकता गर्ने वा नसकिए निर्वाचनमा सहकार्य गरेर मात्रै जाने विषयमा छलफल केन्द्रित रहेको बुझिएको छ ।

प्रत्यक्षतर्फ उम्मेदवारी दिने समय आयोगले माघ ६ गते तोकेको छ । कालीकोटबाट नेकपाले प्रचण्डको एकल नाम सिफारिस गरेर पठाउनुको उद्देश्य पनि दुई पार्टीबिच सहमति भएमा चुनावी तालमेल गर्न सकिने गरी होल्ड गरिएको चर्चा चलेको छ ।

कालिकोट माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माको जिल्ला हो । कर्णालीका पूर्वमुख्यमन्त्री तथा नेकपाका नेता महेन्द्रबहादुर शाहीले विप्लव एकता प्रक्रियामा आए आफू त्याग गर्न तयार भएको बताएका थिए । रातोपाटी बाट साभार

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...