धनगढी न्यूज

स्थिर सरकारका लागि कांग्रेस-एमाले एकै ठाउँमा आयौँ : महामन्त्री शर्मा

Advertisement

झापा — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकार दिने उद्देश्यले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमाले एकै ठाउँमा उभिएको बताएका छन् ।

झापामा बुधबार आयोजित कार्यक्रममा उनले पटकपटक हुने सरकार परिवर्तनले मुलुकमा अस्थिरता सिर्जना गरेकाले त्यसलाई रोक्न दुई दल एकमत भएको बताए ।

महामन्त्री शर्माले दुवै दलको सहमतिअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारको नेतृत्व गर्ने स्पष्ट पारे । ‘एमाले नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले काँध हाल्छ’, उनले भने, ‘त्यही सरकारले मुलुकको वर्तमान सङ्कट समाधान गर्नेमा हामी आशावादी छौँ ।’

स्थानीय क्षेत्रको विकास निर्माणका लागि तीनै तहका सरकारबीच समन्वय जरुरी रहेको उल्लेख गर्दै प्रतिनिधिसभा सदस्य शर्माले फरक आस्था र विचारबाट निर्वाचन जितेर आए पनि साझा प्रतिनिधि बनेर जनताको काम गर्न लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

सुरक्षा संवेदनशीलताको आधारमा सेना जुनसुकै घेरामा खटिने सक्ने

सुरक्षा संवेदनशीलताको आधारमा सेना जुनसुकै घेरामा खटिने सक्ने

२७ माघ, काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली सेना गस्ती, पेट्रोलिङ सुरु गरिसकेको छ । महत्त्वपू...
कांग्रेसले जितको ह्याट्रिक गरिसकेको पर्वतमा एमाले पनि ह्याट्रिक पूरा गर्ने दाउमा

कांग्रेसले जितको ह्याट्रिक गरिसकेको पर्वतमा एमाले पनि ह्याट्रिक पूरा गर्ने दाउमा

बागलुङ । प्रतिनिधि सभाको आसन्न निर्वाचनलाई लिएर पर्वतमा दलहरू आ–आफ्नै रणनीति अनुसार जनताको विश्वास जित्न प्रयासरत छन् । पर...
रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका ११ जनाको पहिचान Nmb

रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका ११ जनाको पहिचान Nmb

रामेछाप बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामध्ये ११ जनाको पहिचान खुलेको छ। मंगलबार बिहान १०:४० बजे काठमाडौंबाट मन्थली-खुर्कोट पु...
प्याब्सनले ‘दलको चुनावी घोषणापत्र’मा के-के विषय समावेश गर्न गर्‍याे माग ?

प्याब्सनले ‘दलको चुनावी घोषणापत्र’मा के-के विषय समावेश गर्न गर्‍याे माग ?

काठमाडौँ : प्रतिनिधिसभा निर्वाचनमा आउन अब २४ दिन बाँकी छ। आगामी फागुन २१ मा हुने उक्त निर्वाचन जित्न चुनावी मैदानमा होमिएका उम्मेद...
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×