धनगढी न्यूज

स्थिर सरकारका लागि कांग्रेस-एमाले एकै ठाउँमा आयौँ : महामन्त्री शर्मा

Advertisement

झापा — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थिर सरकार दिने उद्देश्यले संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमाले एकै ठाउँमा उभिएको बताएका छन् ।

झापामा बुधबार आयोजित कार्यक्रममा उनले पटकपटक हुने सरकार परिवर्तनले मुलुकमा अस्थिरता सिर्जना गरेकाले त्यसलाई रोक्न दुई दल एकमत भएको बताए ।

महामन्त्री शर्माले दुवै दलको सहमतिअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने सरकारको नेतृत्व गर्ने स्पष्ट पारे । ‘एमाले नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले काँध हाल्छ’, उनले भने, ‘त्यही सरकारले मुलुकको वर्तमान सङ्कट समाधान गर्नेमा हामी आशावादी छौँ ।’

स्थानीय क्षेत्रको विकास निर्माणका लागि तीनै तहका सरकारबीच समन्वय जरुरी रहेको उल्लेख गर्दै प्रतिनिधिसभा सदस्य शर्माले फरक आस्था र विचारबाट निर्वाचन जितेर आए पनि साझा प्रतिनिधि बनेर जनताको काम गर्न लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ओली नेतृत्वको सरकार असफल भएको जसपा नेपालको निष्कर्ष

ओली नेतृत्वको सरकार असफल भएको जसपा नेपालको निष्कर्ष

जनता समाजवादी पार्टी नेपालले नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकार असफल भएको निष्कर्ष निकालेको छ। सोमबार पार्टी कार्यालय बा...
बजेट भोलि निर्णयार्थ पेश  गरिने, एमालेले लगायो ह्विप

बजेट भोलि निर्णयार्थ पेश गरिने, एमालेले लगायो ह्विप

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेट भोलि संसदबाट पारित गर्ने तयारी गरेको छ।   बजेटमाथ...
इजरायलका लागि जासुसी गरेको अभियोगमा इरानद्वारा एक व्यक्तिलाई मृत्युदण्ड

इजरायलका लागि जासुसी गरेको अभियोगमा इरानद्वारा एक व्यक्तिलाई मृत्युदण्ड

इरानको न्यायपालिकाले इजरायलका लागि जासुसी गरेको अभियोगमा दोषी ठहर भएका एक व्यक्तिलाई सोमबार मृत्युदण्ड दिएको जनाएको छ । 'यह...
अब धनगढीका दलित छात्राहरूलाई उपमहानगरले स्नातक तहसम्म छात्रवृत्ति दिने

अब धनगढीका दलित छात्राहरूलाई उपमहानगरले स्नातक तहसम्म छात्रवृत्ति दिने

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाको नीति तथा कार्यक्रम पारित भएको छ।उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्...
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×