धनगढी: धनगढी उपमहानगरपालिका वडा नम्बर १८ स्थित नुक्लिपुरमा बाढीमा फसेका व्यक्तिको उद्धार गरिएको छ। नुक्लिपुरबाट दक्षिण मोहना नदीमा बर्षाको कारण आएको बाढीमा फसेका ४ जना महिला र १ जना पुरुषको शुक्रवार सकुसल उद्धार गरिएको हो।




शुक्रवार बिहान घाँस काटन गएका केही उनीहरू मोहना नदीमा आएको बाढीको कारण पारिपट्टी थुनिएका थिए। सशस्त्र प्रहरी र नगर प्रहरीले बोटबाट उनीहरूको उद्धार गरेको हो।
दिनेश खबर बाट साभार







