Skip to main content

धनगढी न्यूज

जापानी स्टार होन्डा दशरथ रंगशालामा आउने

Advertisement

काठमाडौं  – जापानी स्टार केसुके होन्डा यसै महिनाको अन्त्यमा दशरथ रंगशालामा हुने एएफसी च्यालेन्ज लिगको प्लेअफ खेलमा आउने भएका छन् ।

साउन २९ गते हुने च्यालेन्ज लिगको छनोटमा नेपालको लिग च्याम्पियन अपि पावर चर्च ब्वाइज युनाइटेड र भुटानको पारो फुटबल क्लब खेल्दैछन् । उक्त खेलका लागि पारोले जापानी मिडफिल्डर होन्डालाई अनुबन्ध गरेको हो । पारोले झन्डै एक दर्जन विदेशी खेलाडी अनुबन्ध गरेकोमा जापानी स्टार पनि नेपाल आउनेछन् ।

यसबाहेक गत सिजन नेपाल सुपर लिगमा एफसी चितवनबाट खेलेका डिफेन्डर मार्को इभानोभिच र बीरगंज युनाइटेडबाट खेलेका मिडफिल्डर विलियम ओपोकु पनि पारोमा छन् । भुटानका राष्ट्रिय टोलीका खेलाडी समेत रहेको टोलीको प्रशिक्षकमा पुष्पलाल शर्मा छन् ।

खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्नेछ । त्यस्तै खेलका लागि चर्च ब्वाइज र खल्तीबीच टिकटका लागि सम्झौता भइसकेको छ । साधारणतर्फ २ सय र भीआइपी तर्फ ५ सय रुपैयाँ टिकट दर रहेको छ । खेलको लागि खल्तीबाट टिकट खरिद गर्न सकिनेछ ।

चर्च ब्वाइजले दुई साताअघि देखि खेलका लागि तयारी सुरु गरिसकेको छ । अनन्त तामाङको कप्तानीमा रहेको टोलीमा लिग सिजनमा टोलीमा रहेका अन्जन विष्ट र एरिक विष्टले सम्झौता नविकरण गरेका छन् ।

गोलकिपर दीप कार्की,डिफेन्डर सनिश श्रेष्ठ, मिडफिल्डर लाकेन लिम्बु र फरवार्ड आयुष घलान पनि चर्च ब्वाइजमा आबद्ध भएका छन् । यसबाहेक क्लबले राष्ट्रिय टोलीका डिफेन्डर सौभाग्य राई, छिरिङ्ग लामा तथा थ्री स्टारबाट डिफेन्डर योगेश गुरुङसँगै मिडफिल्डर रोहन कार्कीलाई पनि अनुबन्ध गरेको छ ।

चर्च ब्वाइजले डिफेन्डर ओमोलाजा करीम र मिडफिल्डर पिटर बान्डासँगै केही विदेशी खेलाडीहरुको अनुबन्धका लागि पनि तयारी गरिरहेको बताइएको छ । बालगोपाल महर्जन टोलीको मुख्य प्रशिक्षक रहेका छन् । उनकै प्रशिक्षणमा चर्च ब्वाइजले लिग जितेको थियो ।

पारो विरुद्ध प्लेअफ खेल जितेमा चर्च ब्वाइज एएफसी च्यालेन्ज लिगको समूह चरण पुग्नेछ । प्ले अफ जित्ने टोलीले १ लाख अमेरिकी डलर प्राप्त गर्नेछ । एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार एएफसी क्लब प्रतियोगिता संरचनाको परिमार्जित भागको रूपमा प्रतियोगिताको घोषणा गरेको थियो । प्रतियोगिताको समूह चरणमा १८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्लेअफ खेलमा केल्मीको बल प्रयोग हुनेछ । नेपालको लागि केल्मीको आधिकारिक विक्रेता कामारु ट्रेडिङले चर्च ब्वाइजलाई प्रतियोगिता र प्रशिक्षणका लागि आवश्यक म्याच बल उपलब्ध गराएको हो । केल्मी र एएफसीबीच सन् २०२१ देखि २०२४ सम्म एएफसीका प्रतियोगितामा केल्मीको सामग्री प्रयोग गर्ने सहकार्य रहेको छ । तर उक्त सहकार्य मुख्य प्रतियोगितामा मात्र लागु हुँदै आएको छ ।

कामारु ट्रेडिङले प्लेअफ चरण भएपनि चर्च ब्वाइजको प्रशिक्षणमा सहयोग पुग्ने हेतुले आवश्यक बल उपलब्ध गराएको हो ।

पछिल्लो सिजन दोस्रो तहको एएफसी कपको पहिलो चरणको छनोटमा नेपालको मछिन्द्र क्लबले पारो एफसीलाई नै रंगशालामा हराएको थियो । मछिन्द्र प्लेअफको दोस्रो खेलमा भने भारतीय टोली मोहुन बगान विरुद्ध कोलकत्तामा पराजित भएको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...