Skip to main content

धनगढी न्यूज

कक्षा १२ विज्ञानमा: कैलाली मोडेल का विद्यार्थी पाण्डेयको सुदूरपश्चिममा सर्वाधिक जिपिए

Advertisement

धनगढी: राष्ट्रिय परीक्षा बोर्डले शुक्रवार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा धनगढी उपमहानगरपािलका वडा नम्बर ४ उत्तरबेहडीमा रहेको कैलाली मोडेल माध्यामिक विद्यालयका विद्यार्थी निराजन पाण्डेयले सुदूरपश्चिम प्रदेशमा सर्वाधिक जिपिए हासिल गरेका छन्।

विज्ञान विषयका विद्यार्थी पाण्डेयले ३ दशमलव ९२ जिपिए हासिल गरेका हुन्। पाण्डेयले हासिल गरेको जिपिए देशभरमै चौथो सर्वाधिक बढी हो।

विद्यालयका प्रधानाध्यापक तपेन्द्रबहादुर सिंहले निराजन लगनशील र अनुशासित विद्यार्थी भएका कारण यो उपलब्धी हाँसिल गर्न सफल भएको बताएका छन्। उनले निराजन लगायत परीक्षामा उत्तीर्ण सबै विद्यार्थीहरुलाई बधाइ समेत दिएका छन्। कैलाली मोडेलमा जम्मा २३८ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए जसमध्ये १६५ जना उत्तीर्ण भएका छन्।उत्तीर्ण भएका १६५ जना मध्ये विज्ञान र व्यवस्थापन संकाय गरी ६ जनाको “ए प्लस”, ३१ जना विद्यार्थीको “ए” तथा बाँकी विद्यार्थीले “बी प्लस” र “बी” ल्याउन सफल भएका छन्।

विज्ञान विषयमा सुदूरपश्चिममै उत्कृष्ट नतिजा ल्याउन सफल कैलाली मोडेलबाट कक्षा १२ को परीक्षामा ७७ प्रतिशत ल्याएको छ। यसपटक ११३ जना परीक्षार्थी सहभागी भएकोमा ८७ जनाले उत्कृष्ट अंक प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक सिंहले बताए ।


गोदावरी नगरपालिका अत्तरिया निवासी बुवा राजेशकुमार पाण्डेय र आमा लक्ष्मी पाण्डेयको दोश्रो सन्तान हुन्। राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा पाण्डेयले ३.९२ जिपीए ल्याएर प्रदेशमै सर्वाधिक जिपिए ल्याउने विद्यार्थी बनेका हुन्। पाण्डेय अहिले काठमाडौंमा इन्जिनियरिङको प्रवेश परीक्षाको तयारी गरिरहेका छन्।

कैलाली मोडेल माध्यामिक विद्यालय २०५२ सालमा स्थापना भएको विद्यालय हो।  २०६४ सालमा विज्ञान र व्यवस्थापन संकायको पढाइ पनि सुरु गरेको विद्यालका विद्यार्थीले हरेक वर्ष राम्रो नतिजा हासिल गर्दै आएका छन्। पहिलो ब्याचका विद्यार्थी नविन अधिकारीले उच्च माध्यामिक परीक्षा बोर्डको परीक्षामा सुदूरपश्चिमाञ्चल विकास क्षेत्र टप गरेका थिए।

नविन अधिकारीको सर्वोत्कृष्ट नतिजालाई पछ्याउँदै २०६७/०६८ मा लेखनाथ रेग्मी र २०६८/०६९ मा किशोर जोशीले विज्ञान संकायमै उत्कृष्ट नतिजा हासिल गरेका छन्।

२०७१ सालमा विज्ञान संकायकै चक्र भण्डारीले ८४ प्रतिशत अंकका साथ विज्ञान संकायमा सुदूरपश्चिमाञ्चल विकास क्षेत्र प्रथम भएका थिए। धनगढी-४ मा रहेको कैलाली मोडेल माध्यमिक विद्यालय आफ्नै भवनमा सञ्चालित छ। विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकहरूको मेहनतले प्रदेशमै उत्कृष्ट नतिजा आएको प्रधानाध्यापक सिंहले बताए।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...