Skip to main content

धनगढी न्यूज

धनगढीको केजिष्ट होटेल म्यानेजमेन्टद्वारा टोल सरसफाइ

Advertisement

धनगढी । धनगढीको केजिष्ट होटेल म्यानेजमेन्ट इन्स्टिच्युटले टोल सरसफाइ गरेको छ । बुधवार ‘हाम्रो रहर सफा सहर’को नारा सहित केजिष्टमा अध्ययनरत विद्यार्थी र शिक्षकहरूले आफ्नो क्षत्र भित्रको टोल सरसफाइ गरेका हुन् ।

शिक्षक र विद्यार्थी सहित केजिष्टको परिवार प्रत्यक्ष सडकमा उत्रिएर आफ्नो आँगन एस.पी.ए मार्ग देखी बैयाहबेहेडी चोक, ब्रेडबक्स २, रुबस होटेल रोड र बस पार्क सम्म सरसफाइ गरेको छ ।

सरसफाइ कार्यक्रममा उपस्थित विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै आरती विश्वकर्मा र सुशील बोगटीले आफूहरू उपमहानगरको अभियानमा समर्थन जनाउँदै सहभागी हुन पाउँदा निकै खुसी लागेको बताउँदै आगामी दिनमा घर परिवार र आफू भन्दा ससाना भाइ बहिनीहरू लाई सरसफाइको महत्त्व बारे बुझाउन थप ऊर्जा मिलेको बताएका छन् ।

यस्तै, धनगढी उप-महानगरपालिकाले सञ्चालन गरेको ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियानमा साथ दिन र विद्यार्थीहरू मा सरसफाइ देखी कुनै पनि सत्कर्मको सुरुवात आफैबाट गर्नु पर्छ भनी बुझाउन उक्त कार्यक्रमको आयोजना गरिएको केजिष्टका होटेल व्यवस्थापन शिक्षक रवीन्द्र बहादुर चन्दले बताए ।

बडादसैँ तिहार तथा छठ पर्वको शुभ अवसरमा सरसफाइ कार्यक्रमको आयोजना गरेको केजिष्टले यस भन्दा अगाडी पनि विभिन्न समयमा सरसफाइ सँगै सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...