Skip to main content

धनगढी न्यूज

Day: October 4, 2024

राष्ट्रपति पौडेल र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेटवार्ता

राष्ट्रपति पौडेल र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ । शुक्रबार  राष्ट्रिय सभा अध्यक्ष दाहाल राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका हुन् । राष्ट्रपतिसँगको भेटमा अध्यक्ष दाहाल अन्तरव्यवस्थापिका संघको सम्मेलनमा भाग लिन यही असोज २५ गते स्वीटजरल्याण्ड जाँदैछन् । स्वीटजरल्याण्डको जेनेभामा अन्तरव्यवस्थापिका संघको सम्मेलन हुँदैछ । उक्त सम्मेलनमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डलमा नेतृत्व गर्दै दाहाल त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।यही भ्रमणबारे जानकारी गराउन दाहाल राष्ट्रपति कार्यालय पुगेका हुन् ।
Read More
बाढीपहिरो प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिँदै

बाढीपहिरो प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिँदै

काठमाडौँ : भारी वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको शुक्रबारको बैठकले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस गरेको छ। प्राधिकरणका प्रवक्ता डा डिजन भट्टराईले बाढी र पहिरोबाट बढी प्रभावित भएका पालिकाहरूलाई संकटग्रस्त क्षेत्र घोषणा गरी काम गर्नुपर्ने गरी  सिफारिस भएको जानकारी दिए। अबको मन्त्रिपरिषद्ले उक्त घोषणा गर्ने तयारी गरेको छ। पछिल्लो विपद्‍बाट २४२ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन्। अर्बौँको भौतिक सम्पत्ति क्षति भएको छ।थाहाखबर बाट सभार
Read More
जनचेतना कप को तेस्रो संस्करण आयोजना हुँदै

जनचेतना कप को तेस्रो संस्करण आयोजना हुँदै

"जनचेतना युवा समाज जाफ्रीको सान , खेलकुद मैदान बनाउने हाम्रो अभियान" भन्ने नाराका साथ गैरी क्रिकेट स्टेडियम जाफ्री बझाङमा जनचेतना कप २०८१ आयोजना हुने भएको छ । यही कार्तिक ७ देखि १४ गतेसम्म उक्त क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो । बझाङ जिल्लाका युवा क्रिकेट खेलाडीको खेल विकास तथा समग्र बझाङ जिल्लाको क्रिकेट विकासका लागि आयोजना हुँदै आएको जनचेतना कप यो वर्ष तेस्रो संस्करणमा प्रवेश गरेको आयोजकले बताए । उक्त प्रतियोगितका लागि आयोजक दुर्थाथति जनचेतना युवा समाज जाफ्री , बझाङले विविध खर्च सहितको प्रस्तावना समेत सार्वजनिक गरेको छ । यसका साथै , उक्त क्रिकेट प्रतियोगितामा विभिन्न रुपमा खेल प्रायोजन गरी…
Read More
धनगढीको केजिष्ट होटेल म्यानेजमेन्टद्वारा टोल सरसफाइ

धनगढीको केजिष्ट होटेल म्यानेजमेन्टद्वारा टोल सरसफाइ

धनगढी । धनगढीको केजिष्ट होटेल म्यानेजमेन्ट इन्स्टिच्युटले टोल सरसफाइ गरेको छ । बुधवार 'हाम्रो रहर सफा सहर'को नारा सहित केजिष्टमा अध्ययनरत विद्यार्थी र शिक्षकहरूले आफ्नो क्षत्र भित्रको टोल सरसफाइ गरेका हुन् । शिक्षक र विद्यार्थी सहित केजिष्टको परिवार प्रत्यक्ष सडकमा उत्रिएर आफ्नो आँगन एस.पी.ए मार्ग देखी बैयाहबेहेडी चोक, ब्रेडबक्स २, रुबस होटेल रोड र बस पार्क सम्म सरसफाइ गरेको छ । सरसफाइ कार्यक्रममा उपस्थित विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै आरती विश्वकर्मा र सुशील बोगटीले आफूहरू उपमहानगरको अभियानमा समर्थन जनाउँदै सहभागी हुन पाउँदा निकै खुसी लागेको बताउँदै आगामी दिनमा घर परिवार र आफू भन्दा ससाना भाइ बहिनीहरू लाई सरसफाइको महत्त्व बारे बुझाउन थप…
Read More