Skip to main content

धनगढी न्यूज

भीम रावललाई अनावश्यक भ्रम नछर्न एमाले सुदुरपश्चिमको चेतावनी

Advertisement

नेकपा ( एमाले) सुदुरपश्चिम प्रदेशले पार्टीका नेता भीम  रावललाई पार्टी विरुद्ध अनावश्यक प्रचार नगर्न चेतावनी दिएको छ ।

केही समय पहिले एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले दिएको अभिव्यक्तिबारे रावलले सामाजिक सञ्जालमै खण्डन गरेका थिए । नेपाल प्रेसमा भट्टले दिएको अभिव्यक्ति गलत रहेको भन्दै रावलले सामाजिक सञ्जालमा लेखेपछि पार्टी प्रदेश अध्यक्ष जैशीले विज्ञप्ति जारी गर्दै त्यस्तो नगर्न चेतावनी दिएका हुन् ।

नेकपा ( एमाले) सुदुरपश्चिम प्रदेशले पार्टीका नेता भीम  रावललाई पार्टी विरुद्ध अनावश्यक प्रचार नगर्न चेतावनी दिएको छ ।

आज  सोमबार प्रदेशका अध्यक्ष कृष्णप्रसाद जैशीले एक प्रेस बिज्ञप्ती जारी गर्दै यस्तो चेतावनी दिएको छ ।
यस्तो छ प्रेस विज्ञप्ति :

हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश ईञ्चार्जले सञ्चार माध्यममा बोलेको कुराको खण्डन गर्ने नाममा नेकपा (एमाले) का निवर्तमान उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले लेनिनवादी संगठनात्मक सिद्धान्तसँग मेल नखानेगरी अनावश्क रुपमा सामाजिक सञ्जालमा अन्तरविरोध चर्काउने गरी लेखिएको विषय प्रति नेकपा (एमाले) सुदूरपपश्चिम असहमति प्रकट गर्दछ । पार्टी केन्द्रीय अध्यक्षसँग एक पटक सम्बाद भैसकेपछि निरन्तरता दिनु पर्नेमा बोलाएपछि मात्र जान्छु भन्ने र अन्य नेतृत्वसँग आफ्नो व्यक्तिगत केही छैन भनिसकेपछि सामाजिक सञ्चालमा लेखीरहने प्रवृति पार्टीका लागि घातक हुने भएकोले केन्द्रीय अध्यक्षसँग नै वार्ता अगाडि बढाउन तथा तल्ला कमिटी तथा पार्टीका कार्यकर्ता र समर्थक शुभेच्छुकको बीचमा भ्रम नछर्न चेतावनी दिन चाहन्छु । पार्टी तथा विभिन्न मोर्चामा ५ दशक लामो यात्रा गर्नुहुने र पार्टी तथा सरकारको उच्च ओहदामा काम गर्ने अवसर र अनुभव प्राप्त व्यक्तिले पार्टी र आन्दोलनको पक्षमा मात्र वकालत गर्न समेत आग्रह गर्दै यस्तै गतिविधि बढ्दै गए तपाई प्रतिको कार्यकर्ताको विश्वास झन् झन् टुट्दै जाने विषयको समेत ध्यानाकर्षण गराउन चाहन्छु । साथै सम्पूर्ण पार्टी पंक्ति एकतावद्ध हुन तथा भ्रममा नपर्न अपील गर्दछु ।

कृष्ण प्रसाद जैशी
अध्यक्ष

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

बाढीपहिरो प्रभावितका लागि सुजङ्ग बोर्डिङ स्कुलद्वारा रु. २ लाख २२ हजार सहयोग

सुदूरपश्चिमको डोटीस्थित सुजङ्ग इङ्लिस बोर्डिङ स्कुलले हालैको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत र पुनःस्थापनाका लागि प्रधा...
एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

एसपीए कलेजद्वारा उत्कृष्ट विद्यार्थी नितिका अवस्थी र चार्टर्ड अकाउन्टेन्ट इन्द्र रोकायालाई सम्मान

धनगढी -सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले आफ्नो स्टेप अप गाला २०८३ कार्यक्रमका अवसरमा दुई जना उत्कृष्ट विद्यार्थीलाई सम्म...
नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

नबिल एसएसई को तीन महिने तालिम कार्यक्रम प्रमाणपत्र वितरणसहित सम्पन्न

धनगढी । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीए कलेज, धनगढी र नबिल बैंक लिमिटेडको सहकार्यमा सञ्चालित नबिल एसएसई (Nabil School of Social Ent...
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव धनगढीमा

९ साउन, धनगढी। धनगढीमा सत्याग्रह गरिरहेका डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी प...