Skip to main content

धनगढी न्यूज

७ लाख नगद राशिसहितको कोडफेष्ट २०२४ आयोजना हुँदै

Advertisement


कोड फर चेन्ज नेपालले कोडफेष्ट २०२४ का लागि पूर्व घोषित मितिको दर्ता कार्य तथा कार्यक्रमको रुपरेखामा व्यापक हेरफेर गरेको छ । सेप्टेम्बर १७ अन्तिम मिति तोकिएकोमा हाल उक्त दर्ता मिति २०२४ नोभेम्वर १० सम्म राखिएको छ । कोडिङमा आकर्षित विद्यार्थीहरुको बृहत सहभागिता तथा पहिले नै दर्ता भैसकेका १७१ टिम लगायतलाई अधिकतम फाइदा पुग्ने गरी सो दर्ता अवधी तोकिएको आयोजकले जनाएको छ ।

vos_image
दर्ता शुल्क रु. ५००० तोकिएको भएता पनि क्याम्पसमा अध्ययनतर विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले विशेष छुटको व्यवस्था समेत गरिएको छ । जसमा कुनै एउटै क्याम्पसबाट तीन ओटा टिम दर्ता भएमा जम्मा दुई ओटा टिमले मात्र दर्ता शुल्क बुझाउनु पर्नेछ । विविध जानकारी , क्याम्पियनमार्फत आईटी विज्ञद्धारा विविध आईटी अभिमुखीकरण , प्रदेश अनुरुपको उत्कृष्ट टिम छनौट , भोटमार्फत अर्वाड , फाइनल विजेतालाई नगद रु. ७ लाख साथै विभिन्न गिफ्ट ह्याम्परहरु यस कोडफेष्टका मुख्य आकर्षण रहेका छन् ।

यस्तो छ कोडफेष्ट २०२४ कार्यक्रमको रुपरेखा
१) विविध माध्यमबाट कोडफेष्ट २०२४ को विस्तृत जानकारी (सेप्टेम्बर २२ देखि अक्टुवर २ सम्म)
२) फेष्टिभ क्याम्पियन (अक्टुवर ३ देखी नोभेम्वर १० सम्म)
३) आइडियाथोन (नोभेम्वर १७ देखी नोभेम्वर २४ सम्म)
४) भोट अपिल तथा कजेज भ्रमण (नोमेभ्वर २५ देखी डिसेम्वर १० सम्म)
५) ग्रान्ड फिनाले (डिसेम्वर १३ देखी डिसेम्वर १५ सम्म)

यी परिमार्जित तालिका अनुसारका कार्यकलाप एकदमै परिष्कृत तथा सातै प्रदेशका नवप्रर्वतकलाई समेट्ने गरि रेखांकन गरिएको आयोजकको दाबी छ । आफ्नो सिर्जनशीलता प्रदर्शन गर्ने एक महत्वपूर्ण थलोका रुपमा सहभागी तथा प्रयोजकहरुले यस कोडफेष्टलाई पाउनेछन् । तसर्थ , समयमै आफ्नो टिम दर्ता गरी सहभागी गर्न गराउन हरेक टिम तथा क्याम्पसलाई कोड फर चेन्ज नेपाल हार्दिक अनुरोध समेत गर्दछ ।

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...