Skip to main content

धनगढी न्यूज

कैलालीको लम्कीचुहामा तीन दिन विद्यालय बन्द

Advertisement

धनगढीः कैलालीको लम्कीचुहा नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा तीन दिन बिदा दिएको छ।

उद्योग वाणिज्य संघले तीन दिने लम्की महोत्सवको आयोजना गरेपछि विद्यालयमा विदा दिइएको हो। सोही महोत्सवलाई लक्षित गर्दै नगरपालिकाले महोत्सव अवधिभरका लागि विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो। नगरपालिकाले बिहीबार सूचना जारी गर्दै महोत्सव अवलोकनका लागि मंसिर १४ देखि १६ गतेसम्म नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई बन्द गर्न निर्देशन गरेको हो।

निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्तबहादुर भण्डारीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘मंसिर ६ गतेदेखि १६ गतेसम्म सञ्चालन भइरहेको लम्की महोत्सव २०८१ मा प्रस्तूत हुने विज्ञान प्रदर्शनी, विज्ञान प्रविधिका उपकरणहरुको प्रदर्शनी अवलोकन तथा नृत्य प्रतियोगिता हुने भएकाले स्थानीय विदा दिइएको छ।’ नगरपालिकाका प्रवक्ता लवबहादुर शाहीले हिउँदको समयमा ६ दिन स्थानीय बिदा दिन पाउने नगरपालिकालाई अधिकार रहेकोले सोही अनुसार महोत्सवमा बिदा दिइएको बताए।दिनेश खबर बाट शाभार

 

प्रतिक्रिया

[gs-fb-comments]

छुटाउनुभयो कि ?

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढीस्थित एसपीए कलेजबाट नेपाल प्रथम

धनगढी, असार ५ - राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गत कक्षा १२ को परीक्षामा धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थी व्यवस्था...
सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

सिन्धुली प्रहरी हिरासतमा मृत्यु भएका विश्वकर्मालाई प्रहरीले कुटेको छैन : गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विश्वकर्माको निधन भएको विषयमा छानबिन समिति गठन भई प्रतिवेदन प्राप्त भ...
बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको लाम्पाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाका २३ जना पक्राउ

बाजुराको हिमाली गाउँपालिका–३ लामापाटाका स्थानीयमाथि कुटपिट गर्ने हुम्लाको खार्पुनाथ गाउँपालिकाका २३ जनालाई प्रहरीले पक्राउ गरेको छ...
कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरमा एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदानसम्म निर्माण हुँदै

कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्र...