26
Aug
कैलालीः कुनै समय थियो, गाउँघरमा मादलको ताल र मौलिक भाकाको गुञ्जनसँगै तीजको रौनक सुरु हुन्थ्यो। दिदीबहिनीहरू आँगनमा जम्मा भएर वर्षभरिका दुःख, बेदना र भोगाइलाई गीत गाउँदै मादलको तालमा नाचेर मन हल्का पार्थे। दिनभर काम अनि साँझ पर्नासाथ भेला भएर तीजका भाका गाउने चलन थियो। ती गीतहरू केवल रमाइलोका लागि मात्र हुन्थेनन्। मनका पीडा, व्यथा पोख्ने माध्यम बन्थे। विज्ञापन घोडाघोडी नगरपालिका–८ की ६१ वर्षीया पार्वतीदेवी खत्री ती पुराना दिन सम्झिछिन्। उनी भन्छिन्, 'रोपाइँ सकिने वित्तिकै साउनदेखि गाउँमा मादल घन्किन थाल्थे। सबै जम्मा भएर महिना दिनसम्म नाचगान गरिन्थ्यो। अब त ती सबै हराउँदै गए।' स्थानीय ६३ वर्षीया तोलादेवी विष्टको सम्झनामा पनि उस्तै…






