धनगढी न्यूज

Breaking News 2

चुनावमा साढे ७ लाख जना गृहजिल्ला जाँदा सुनसान बन्यो काठमाडौं

२०, फागुन, काठमाडौं । भोलि (फागुन २१) हुने प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट साढे ७ लाख जना बढी बाहिरिएका छन् । काठमाडौंमा रहेका मतदाता मतदान गर्न आफ्नै निर्वाचन क्षेत्रमा जानुपर्ने भएकाले उनीहरू गृहजिल्ला पुग्दा यहाँ भने सुनसान बनेको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण तत्कालीन केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । कार्कीले प्रतिनिधिसभा विघटन र निर्वाचनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् । सोही सिफारिसअनुसार राष्ट्रपतिले निर्वाचनका लागि फागुन २१ को मिति घोषणा गरेका थिए । सरकारले पनि निर्वाचनको तयारी पूरा…
Read More
इरान-इजरायल युद्ध : नेपाली भान्सादेखि अर्थतन्त्रसम्म फैलिएको परनिर्भरता

इरान-इजरायल युद्ध : नेपाली भान्सादेखि अर्थतन्त्रसम्म फैलिएको परनिर्भरता

विश्व राजनीतिमा सन् २०२६ मार्च महिना एउटा यस्तो अनपेक्षित र विष्फोटक अध्याय बनेर सुरु भएको छ जसले स्थापित विश्व व्यवस्थाको साखलाई मात्र चुनौती दिएको छैन, बरु दशकौंदेखिको शक्ति सन्तुलन नै भत्काइदिने संकेत गरेको छ । १ मार्चका दिन इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी सहित उच्च नेतृत्वको सैन्य प्रहारमा मृत्यु भएसँगै मध्यपूर्वको राजनीति एकाएक विष्फोटक बनेको छ । यो लडाइँ केवल तेहरान र तेलअभिभको टकराव मात्र नभई यसको पर्दा पछाडि अमेरिकी पेट्रोडलरको वर्चस्व जोगाउने रणनीति र त्यसलाई कडा चुनौती दिइरहेको इरान–चीन–रुस गठबन्धनबीचको भीषण शक्ति संघर्ष लुकेको छ । महाशक्ति राष्ट्रहरूको यही सामरिक दाउपेचको राप यतिबेला मध्यपूर्वको भूगोल नाघेर सिधै नेपालीको…
Read More
खाडीबाट १७ लाख नेपाली ओसार्न स्वदेशी वायुसेवालाई लाग्छ १९ महिना

खाडीबाट १७ लाख नेपाली ओसार्न स्वदेशी वायुसेवालाई लाग्छ १९ महिना

२० फागुन, काठमाडौं । इजरायल-अमेरिका र इरानबीच बढ्दो हवाई आक्रमण तथा प्रत्याक्रमणले पश्चिम एसिया तनावग्रस्त बनेको छ । इरानले अमेरिकी सैन्य बेस लक्षित गरी आक्रमण गरिरहेको अवस्थामा खाडी तथा वरपरका मुलुकमा रहेका १७ लाख २९ हजार नेपालीको सुरक्षाप्रति चासो र चिन्ता बढेको छ । परराष्ट्र मन्त्रालयका अनुसार यूएई, साउदी अरेबिया, कतार, कुवेत, इराक, बहराइन, ओमान, साइप्रस, इजरायल, लेबनान, इजिप्ट र इरानमा १७ लाख २९ हजार २८८ नेपाली छन् । जसमा श्रम स्वीकृति नलिई गएका तथा कागजातविहिन भएकाहरूको संख्या जोडिएको छैन । यो संख्या पनि लाखौंमा हुनसक्छ । यदि युद्ध चर्कियो र ती देशहरू प्रत्यक्ष प्रभावमा परे, एकै पटक यति ठूलो…
Read More
चुनावले बढायो फेसबुकको व्यापार, विज्ञापनमा क–कसले गरे धेरै खर्च ?

चुनावले बढायो फेसबुकको व्यापार, विज्ञापनमा क–कसले गरे धेरै खर्च ?

काठमाडौँ । निर्वाचन प्रचारप्रसारमा सामाजिक सञ्जाल प्रयोग गर्ने क्रम बढेसँगै फेसबुकले नेपालबाट उल्लेख्य व्यापार गरेको छ । नेपालबाट चुनाव केन्द्रित विज्ञापनस्वरुप हजारौँ डलर खर्च भएको हो । पछिल्लो ३० दिनमा मात्रै फेसबुकमार्फत् ९६० जनाले विज्ञापन गरेका छन् । त्यसमध्ये १०० डलरभन्दा धेरै खर्च गर्ने १२२ जनाले मात्रै ५६ हजार ७३९ डलर खर्च गरेको मेटाको एड लाइब्रेरी रिपोर्टमा उल्लेख छ । यो रिपोर्ट जनवरी २९ देखि फेब्रुअरी २७ सम्मको हो । बाँकीले भने १०० डलरभन्दा कम खर्च गरेको रिपोर्टमा उल्लेख छ । यो अवधिमा सबैभन्दा धेरै खर्च ‘माइ भ्वाइस काउन्ट’ले गरेको छ । सो संस्थाले ३,९६० डलर खर्च गरेको मेटाको विवरण छ ।…
Read More
के तपाईँसँग मतदाता परिचयपत्र छैन ? यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट

के तपाईँसँग मतदाता परिचयपत्र छैन ? यी ६ परिचयपत्रले हाल्न पाइन्छ भोट

काठमाडौँ निर्वाचन आयोगले ६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न दिने व्यवस्था गरेको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मतदाता नामावलीमा नाम भएको मतदान केन्द्रमा मतदाता परिचयपत्र देखाएर भोट हाल्न सकिनेछ। मतदाता परिचयपत्र नभएको अवस्थामा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) मध्ये कुनै एक कागजात साथमा लिएर मतदान गर्न सकिनेछ। उनले मतदातालाई आफ्नो परिचय खुल्ने काजजात लिएर निर्धारित समयमा आफ्नै मतदान केन्द्रमा उपस्थित भई मतदान गर्न आग्रह गरे। मतदानको समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म तय गरिएको छ। मतदान केन्द्रमा पुगेपछि महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। मतदाताले सम्बन्धित लाइनमा बसेर आफ्नो…
Read More
प्रतिनिधिसभा निर्वाचन २०८२ : आयोगले कसरी गरिरहेको छ ‘मौन अवधि’को अनुगमन ?

प्रतिनिधिसभा निर्वाचन २०८२ : आयोगले कसरी गरिरहेको छ ‘मौन अवधि’को अनुगमन ?

काठमाडौँ : यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सोमबार मध्यराति मौन अवधि शुरु भएको छ। मतदान सम्पन्न नभएसम्मका लागि लागू भएको यो अवधिमा कसैले पनि कसैको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न र मत माग्न पाइँदैन। मौन अवधिको पूर्ण पालना भए/नभएकोबारे निर्वाचन आयोगले विभिन्न ढंगले अनुगमन गरिरहेको छ। आयोगकी सहप्रवक्ता सीता पुन श्रीसका अनुसार आयोग २४सै घण्६ा आचारसंहिता उल्लंघनको अनुगमन गरिरहको छ। कसरी भइरहेको छ मौन अवधिको अनुगमन ? जेनजी विद्रोहपछिको विषम परिस्थितिमा हुन लागेको चुनाव भएकाले अझ शान्ति सुरक्षासँगै निष्पक्ष र स्वस्थ प्रतिस्पर्धाका लागि आयोग लागिपरेको छ। त्यसैका लागि मौन अवधि विपरीत हुन सक्ने कार्य रोक्न अनुगमनलाई थप प्रभावकारी बनाइएको आयोगको भनाइ…
Read More
हेर्नुस् ०८३ सालमा हुने सार्वजनिक बिदाको सूची

हेर्नुस् ०८३ सालमा हुने सार्वजनिक बिदाको सूची

१९ फागुन, काठमाडौं । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ । यसअघि १३ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको थियो । सोही अनुसार, सरकारले मंगलबार सार्वजनिक बिदाको सूची राजपत्रमा सार्वजनिक गरेको हो ।अन्लाईन खबर बाट साभार
Read More
मतदाता गाउँ फर्किँदा धनकुटा बजार सुनसान

मतदाता गाउँ फर्किँदा धनकुटा बजार सुनसान

धनकुटाः केही दिन अघिसम्म निकै भिडभाड र चहलपहल देखिएको धनकुटा बजार अहिले सुनसान बन्दै गएको छ। निर्वाचन नजिकिँदै जाँदा बजारमा बसोबास गर्ने राजनीतिक दलका नेताकार्यकर्ता तथा विद्यार्थीहरु मतदानका लागि गाउँ फर्किएपछि बजार सुनसान बनेको हो। जिल्ला सदरमुकाम धनकुटामा कर्मचारी, विद्यार्थी तथा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहँदै आएको छ। अधिकांश विद्यार्थी अन्य जिल्ला तथा गाउँबाट अध्ययनका लागि धनकुटा बजारमा बस्दै आउने गरेका छन्। त्यस्तै, अन्य जिल्लाबाट व्यापार–व्यवसाय गर्न आएका व्यापारी र रोजगारीका सिलसिलामा आएका कर्मचारीसमेत सदरमुकाममै बसोबास गर्ने गर्दछन्। मतदानको दिन नजिकिएसँगै मतदाता गाउँ फर्किदा धनकुटामा सोमबारको फागुको रौनकसमेत देखिएन। निर्वाचनसँगै बजार क्षेत्रमा बस्दैआएका प्रायः सबैजसो गाउँ फर्किएका छन्…
Read More
मौन अवधि सुरु, प्रचार बन्द

मौन अवधि सुरु, प्रचार बन्द

काठमाडौं : प्रतिनिधिसभा सदस्यका लागि बिहीबार हुने निर्वाचनका लागि सोमबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ। Set featured image निर्वाचन आचारसंहिताअनुसार मतदानको दिन सुरु हुनु ४८ घण्टाअघिदेखि मतदान नसकिएसम्म कायम हुने मौन अवधिमा प्रचार, भाषण, भेला, छलफल, समीक्षा लगायत निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि गतिविधि गर्न पाइने छैन। मौन अवधिमा मत माग्न, सामाजिक सञ्जालमा पोस्ट गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी क्रियाकलाप गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ। यस अवधिमा निर्वाचनलाई प्रभाव पार्ने हिसाबले आर्थिक कारोबार गरेको भेटिए उम्मेदवारी खारेजीदेखि ६ वर्षसम्म कुनै पनि निर्वाचन प्रक्रियामा भाग लिन नपाउने गरी कारबाही हुने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए। मतदानको समयमा…
Read More
खोटाङमा मतगणना स्थल तयार, लगाइयो तारजाली

खोटाङमा मतगणना स्थल तयार, लगाइयो तारजाली

१९ फागुन, खोटाङ । खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना स्थल तयार पारेको छ । कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन प्रहरीको टोली मतदानस्थलमा खटाएसँगै कार्यालयले मतगणना स्थल तयार पारेको हो । जिल्ला अदालतमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले अदालतकै तीन वटा कोठामा मतगणना स्थल तयार पारेको सहायक निर्वाचन अधिकृत रामचन्द्र मण्डलले जानकारी दिए । उनका अनुसार अदालतका तीन कोठामध्ये एक कोठामा मतपेटिका भण्डारण गर्ने र दुई वटा कोठामा मत गणना हुने छ । मत गणना हुने कोठामा तारजालीको बार लगाइएको छ । तारजालीको पार्टेसन गरेर कर्मचारी भित्र–बाहिर गर्न मिल्ने ढोका बनाइएको छ । फागुन २१ गते देशभर प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ…
Read More
हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×