काठमाडौंः नेपाल भ्रमणमा रहेका मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर भेटघाटमा जुटेका छन्। 
परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटका लागि बिहान साढे ९ बजे परराष्ट्र मन्त्रालय पुगेका हुन्। आजै बिहान साढे १० बजे अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेट्ने कार्यक्रम छ। मन्त्रीसँगै कार्यवाहक अमेरिकी राजदूत स्कट उरवम पनि भेटघाटमा सहभागी छन्।
उनले हिजो अपरान्ह पाटन दरबार स्क्वायरको भ्रमण गरेका थिए। दूतावासका प्रवक्तासँगै उनी सवा ३ बजेको समयमा त्यहाँ पुगेका थिए।
टर्किस एअरलाइन्सको उडान नम्बर टिके ७२६ मा इस्तानबुलबाट हिजो बिहान सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका कपुर बिहान १० को समयमा महाराजगञ्जस्थित अमेरिकी दूतावास पुगेका थिए।
करिब १ घण्टापछि उनी बूढानीलकण्ठ नजिकै रहेको रास्वपा सभापति रवि लामिछानेको निवास पुगेर भेटघाट गरेका थिए।
भोलि बिहान सोही विमानको उडानमा इस्तानबुल हुँदै स्वदेश फर्कने कार्यतालिका रहेका उनले प्रधानमन्त्री बालेनसँग भेट गर्ने वा नगर्ने भन्ने केही बताइएको छैन।थाहाखबर बाट साभार






