धनगढी न्यूज

कैलाली : दुर्गा ज्योति बोर्डिङ स्कुल बस दुर्घटनामा

धनगढीः कैलालीको गोदावरीमा स्कुल बस दुर्घटना भएको छ। आज (सोमबार) जिल्लाको गोदावरी नगरपालिका–९ बल्मी नजिकै स्कुल बस दुर्घटना भएको हो

गोदावरी नगरपालिका–८ मा रहेको दुर्गाज्योती इङ्लिस बोर्डिङ्ग स्कुलको से ०१००१ ख २१८२ नम्बरको बस दुर्घटनामा परेको हो। बसमा २७ जना विद्यार्थी सवार थिए। बसमा सवार १५ वर्षीय विप्लब खड्का, १४ वर्षीय प्रकाश रावत र १६ वर्षीय रोशन नेपाली घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गंगाबहादुर थापाले बताए।

घाइते तीनै जनाको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ। बसका चालक ३५ वर्षीय सैतुराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाको कारण भने खुलेको छैन्। बसको अगाडी र दायाँबायाँको भागमा क्षति पुगेको छ। बस सडक किनारमा पल्टिएको छ। दुर्घटनाको अवस्था हेर्दा ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हाम्रो पात्रो
लोक सेवा तयारी
महत्त्वपूर्ण लिन्क
live stream
×