
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका वडा न. ४ को गोदावरी धाममा धार्मिक महिना साउन महिनाको अबसरमा साउन महिनाको पहिलो दिन देखि लागेको पूजाआजा आज विशेष पूजा आराधनाको कार्यक्रम गरी बिबिधव बिर्सर्जन गरिएको छ ।

साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । यस अवसरमा देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

साउन महिना र सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ । साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ । यस अवसरमा विशेष गरी महिला भक्तजनको शिवालयमा भीड लाग्ने गर्छ । साउनको सोमबार महिला व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने गर्छन् । आज अन्तिम सोमबार भएकाले गोदान र पूर्णपात्र गरी साउने सोमबारको व्रत समापन गरिएको छ ।

धार्मिक रुपमा पवित्रस्थल मानिएको कैलालीको गोदावरी धाम धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । हालसम्म लाखौँ दर्शनार्थीहरु गोदावरी धाममा विभिन्न क्रियाकलापका लागि आएको गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए । उनका अनुसार यो साउन महिना भरी यस पबित्र मन्दिरमा पूजाआजा हुदै गरेको र पूजाआजाका लागि विभिन्न स्थानबाट आएका भक्तजनको धाममा निकै घुइँचो लाग्ने उनले बताएका छन ।

तेसै गरी साउन महिना सकिए पनि ग्रह र राशीका आधारमा अन्तिम सोमबार भाद्र महिनामा परेको कारण आज पवित्र मौसममा रुद्र अविशेष गर्नका लागि गोदावरी धाममा नै कैवल्यनाथ मन्दिर (मोक्षद्वार) दर्शन गर्न सकिने भएको छ ।

यस गोदावरी धामलाई समग्र विकास र विस्तारका लागि यस ठाउँमा गोदावरी धार्मिक विकास बोर्डको रुपमा अगाढी बढाउने प्रयास गरेको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन । यसै आर्थिक बर्ष देखि यस पालिका भित्र रहेका मठ मन्दिर, तथा सम्बर्धनका लागि खोलिएका समितिलाई एक ठाउँमा राखेर मुल समितिको रुपमा अगाढी बढाउने र उप समितिको रुपमा बिभिन्न मन्दिरमा विकास र संम्वर्धनका लागि जोड दिने जानकारी मेयर भट्टले बताएका छन ।
गोदावरी धामको विकासका लागि हामीले बनाएका कार्यबिधी र यसको सेरोफेरोमा रहेरका सवै मठ मन्दिर देव देवालयलाई एक ढिक्कामा पारेर यस गोदावरी धाममा आगामी २०८४ मा महाँकुम्भ लाग्दै गर्दा आवश्येक संरचना निर्माणका लागि आफूहरु लागि परेको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन । हिन्दु धर्म प्रति आस्थावान संघ संस्था, समिति सरकारी तथा गैर सरकारी निकायको सहयोगमा २०८४ मा लाग्दै गरेको महाकुम्भलाई सफल पार्नमा लागि रहेको बताएका छन ।

तेसै गरी यस गोदावरी धाम विकास समिति उपाध्यक्ष तथा प्रबक्ता मदन राज पाण्डेयका अनुसार यस गोदावरी धामको विकास र सम्बर्दनका लागि हाम्रो समिति सँगै स्थानिय निकाय प्रदेश र केन्द्रमा समेत विकास र पर्यटकिय प्रवर्दनका लागि आफूहरु लागि रहेको बताएका छन










