
अत्तरिया – कैलालीको गोदावरीमा पुरुषको शव फेला परेको छ । बुधबार साँझ गोदावरी नगरपालिका – ३ चौकिडाँडामा प्रहरी बिट नजिकै परुषको शव फेला परेको हो ।

शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा थापाले बताएका छन् ।

उनका अनुसार अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।








