
धनगढीः हालै प्रकाशित भएको कक्षा १२ को नतिजामा सुदूर पश्चिमाञ्चल एकेडेमी एसपीए कलेजले रेकर्ड कायम गरेको छ



सुदूरपश्चिम प्रदेशमै सर्वाधिक सङ्ख्यामा विद्यार्थी उर्तिण गराउन सफल हुँदै एसपीए कलेजले रेकर्ड कायम गरेको हो। सुदूरपश्चिम प्रदेशमै सर्वाधिक सङ्ख्यामा ५६१ विद्यार्थी पास भएका छन्। जम्मा विद्यार्थी सङ्ख्या बढी भएकोले नतिजा प्रतिशतमा कमी देखिए पनि सङ्ख्याको आधारमा उल्लेखित विद्यार्थी पास आउट सङ्ख्या सुदूरपश्चिम प्रदेशकै सर्वाधिक हो।

यस्तै, एसपीए कलेजमा कानुन संकाय अध्ययनरत विद्यार्थी रमित ढुङ्गानाले कानुन विषयबाट ३.७२ ग्रेड ल्याउँदै सुदूरपश्चिम प्रदेश समेत टप गरेका छन्। एसपीए कलेजले सुदूरपश्चिम प्रदेशमा यस पटकको कक्षा १२ को नतिजामा सबै भन्दा धेरै विद्यार्थी पास गराउने शैक्षिक संस्थाका रूपमा इतिहास कायम गरेको कुरा अभिभावक तथा सम्पूर्ण सरोकारवालाहरूसँग सेयर गर्न पाउँदा निकै हर्षित भएको क्याम्पस प्रमुख योगराज उपाध्यायले बताए।







